Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

सैनामैनामा सुनचाँदी पसल लुट्न आएकाको आक्रमणबाट सञ्चालक हमाल घाइते,एकजना पक्राउ

सैनामैनामा सुनचाँदी पसल लुट्न आएकाको आक्रमणबाट सञ्चालक हमाल घाइते,एकजना पक्राउ

  • 5.0K
    SHARES

  • सैनामैनामा सुनचाँदी पसल लुट्न आएकाको आक्रमणबाट सञ्चालक हमाल घाइते,एकजना पक्राउ

    बुटवल,चैत्र १८ ।

    रुपन्देहीको सैनामैनामा सुनचाँदी पसल लुट्न आएकाको आक्रमणमा परि पसल संचालक घाइते भएका छन् । सैनामैना-१, रानवगियामा रहेको बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा लुटेराहरुले आक्रमण गरेका हुन् । पसल संचालक ३५ वर्षिय गणेश हमाल घाइते भएका छन् । उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । हमाललाइ लुटेराहरुले हतौडा प्रहार गरेका हुन् । 

    बिहीबार साँझ करिब ६ः३० बजेको समयमा पसल लुट्ने योजना बनाएर आएको २ जनाको समूहले पसल संचालक माथि नै आक्रमण गरेको प्रहरीले जनाएको छ ।  

    लु ४८ प १२५६ नम्बर पेलेट भएको मोटरसाइलकामा आएका अज्ञात समूहले सो पसलबाट गरगहना लुटने दाउमा रहेको खुलेको छ । प्रहरीले नियन्त्रणमा लिएको पुरुषको ब्यागबाट एक थान नक्कली पेस्तोल,धारिलो चक्कु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए । 

    पक्राउ पर्ने कपिलबस्तु जिल्ला कृष्णनगर वडा न३ बस्ने वर्ष ३८का अब्दुल्ला शाह रहेका छन् । ती लुटेराहरुले सुनियोजित रुपमा सुनचाँदी लुट्ने योजना रहेको बताउदै एसपि रेग्मीले फरार अर्का एक पुरुषको खोजीकार्य भइरहेको जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology