बुटवल,चैत्र १६ ।
‘डायलशन अधिकारी स्मृति पत्रकारिता पुस्कार’बाट पत्रकार सन्जु पौडेल र प्रकाश आचार्य पुरस्कृत भएका छन्। तिलोत्तमा नगरपालिकाले उनीहरुलाई साे पुरस्कार प्रदान गरेको हाे ।
उनीहरुलाई जनही २५-२५ हजार नगदसहित प्रशंसापत्रले सम्मानित भएका हुन् । पत्रकार पौडेल कान्तिपुर दैनिक र आचार्य मेचीकाली दैनिक र लोकान्तर डटकममा आवद्ध रहेका छन् ।
पत्रकार अधिकारीको २ बर्षअघि सडक दुर्घटनामा मृत्यु भएपछि उहाँको स्मृतीमा नगरपालिकाले पुरस्कार स्थापना गरेको हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)