तुलसीपुर,चैत्र १६।
तुलसीपुरमा राजा वीरेन्द्र शाहको मुर्ति स्थापना गरिएको छ । तुलसीपुर उपमहानगरपालिका ५ का वडा अध्यक्ष बिरेन्द्र शाहको पहलमा बिरेन्द्र चौकमा पूर्वराजा वीरेन्द्र शाहको अर्धकदको शालिक राखिएको हो।
२०६२-६३ को जनआन्दोलनको क्रममा तत्कालीन माओवादीले स्व. शाहको सालिक तोडफोड गरिएको १५ बर्ष पछि आज मुर्ति स्थापना गरिएको हो ।
मुर्ति स्थापना गर्दै अध्यक्ष शाहले भावी पुस्ताले इतिहास देख्न र पढ्न पाउनुपर्छ पर्छ भन्ने उदेश्यका साथ मुर्ति स्थापना गरिएको बताएका छन ।
उनले असम्भव भन्ने कुरा केही छैन गर्छु भने सोच र ईच्छा भए बिकास गर्न सकिने बताए। साथ र सहयोग गर्ने सबैलाई धन्यवाद र फेरि पनि बिकासमा यसरी हातेमालो गर्न सबैमा आग्रह समेत गरेका छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)