Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थामा कांग्रेसको प्यानल बिजयी,अध्यक्ष बने मल्ल

प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थामा कांग्रेसको प्यानल बिजयी,अध्यक्ष बने मल्ल

  • 3.8K
    SHARES

  • प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थामा  कांग्रेसको प्यानल बिजयी,अध्यक्ष बने मल्ल

    बुटवल,चैत्र १४ ।

    बुटवल ११ मा रहेको प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको दोस्रो अधिवेशनमा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ ।अध्यक्षमा जितबहादुर मल्ल बिजयी भए । उनले एमाले उम्मेदवार बीरबहादुर कुँवरको प्यानललाई पराजित गरे ।

     करिब १५ सय घरधुरी सदस्य रहेको सहकारीको चुनावमा १०३२ मत खसेकोमा कांग्रेसका मल्लले ५१४ मत ल्याएर विजयी हुँदा एमालेका कुँवरले ४७१ मत प्राप्त गरे ।

    उपाध्यक्षमा राजकुमार तेली र कैलाश खड्गीले समान ४८२ मत ल्याए । सचिवमा मल्ल प्यानलकै गोपाल केसी ४८३ मतसहित विजयी हुँदा एमालेका घनश्याम पाण्डेले ४७८ मत पाए । कोषाध्यक्षमा मल्ल प्यानलका नारायण सारु ४९९ मतसहित विजयी हुँदा एमालेका कुलबहादुर रानाले ४६९ मत पाए ।

    ९ जना कार्यसमिति सदस्य र लेखा समिति संयोजक र सदस्य सहित तीन जना पनि मल्ल प्यानलकै उम्मेदवारहरु विजयी भएका निर्वाचन समितिका प्रमुख अधिवक्ता महेन्द्र पाण्डेले नागरिक अनलाइनलाई जानकारी दिए । आइतबार राति सम्पन्न मतगणनामा ९ मत बदर भएको उनले बताए ।

    १७ हजार मतदाता रहेको यो वडालाई नेकपा एमालेले आफ्नो गढ दावी गर्दै आएको थियो । विजयी उम्मेदबारहरुले आज बुटवलमा बिजयी र्याली समेत निकालेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology