Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल यातायात प्रालिमा नयाँ सञ्चालक समिति निर्वाचित 

बुटवल यातायात प्रालिमा नयाँ सञ्चालक समिति निर्वाचित 

  • 1.9K
    SHARES

  • बुटवल यातायात प्रालिमा नयाँ सञ्चालक समिति निर्वाचित 

    बुटवल,चैत्र १४ ।

    बुटवल यातायात प्रा. लिको प्रथम साधारणसभा तथा अधिवेशनले सात सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ ।

    आईतबार राती नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ८ जनाको उम्मेदवारी परेपछि निर्वाचन प्रक्रियामार्फत सञ्चालक समिति चयन गरिएको हो । निर्वाचन मार्फत संस्थापक सञ्चालकहरु पुन सञ्चालकमा निर्वाचित भएका हुन् ।

    निर्वाचन मार्फत सात सदस्यीय सञ्चालक समितिमा रबिन्द्रमान श्रेष्ठ, रामबहादुर शाही, अशोककुमार श्रेष्ठ, दिपक प्रसाद श्रेष्ठ, कबिन्द्रमान श्रेष्ठ, लाल प्रसाद शर्मा र ज्ञानबहादुर सार्की निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक डिलबहादुर थापाले जानकारी गराउनु भयो । सञ्चालक पदमा उम्मेदवारी दिएका अर्जुन अर्याल(मधु) पराजित भएको संयोजक थापाले बताउनु भयो । 

    यस्तै प्रा. लि. को क्षेत्रिय (रुट) संयोजकहरु भने निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुने रुट संयोजकहरुमा बुटवल बर्दघाट बालकुमार यादव, बुटवल चन्द्रौटा रमेश खड्का, बुटवल नारायाण्घाट विष्णु बहादुर क्षेत्री, तौलिहवा पथ्थरकोट शिव पाण्डे, चार नम्वर तौलिहवा सिद्धिमान गिरी, बुटवल कृष्णनगर विष्णु खत्री, बुटवल हरैया राजु लम्तरी र कृष्णनगर ढोपाटन रुट संयोजकमा लक्ष्मण परियार रहेका छन् ।  

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology