Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

धातिवाङ रुपन्देही सम्पर्क समाजको अध्यक्षमा पौडेल निर्वाचित

धातिवाङ रुपन्देही सम्पर्क समाजको अध्यक्षमा पौडेल निर्वाचित

  • 2.6K
    SHARES

  • धातिवाङ रुपन्देही सम्पर्क समाजको अध्यक्षमा पौडेल  निर्वाचित

    बुटवल,चैत १३ ।

    धातिवाङ रुपन्देही सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा देवि प्रसाद पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।

    बुटवलमा शनिबार आयोजित समूहको पाँचौं साधारणसभा एवं तेश्रो अधिवेशनले उपाध्यक्षमा नवराज पौडेल , सचिब गंगा पौडेल , सह-सचिव हरी प्रसाद घिमिरे र कोषाध्यक्ष बाबुराम पौडेल चयन भएका छन् ।

    यस्तै सदस्यहरुमा तुल्सिराम पौडेल,दिनामणी पौडेल,हिरा पौडेल ,विष्णु प्रसाद पौडेल,गौरी पौडेल ,सुमन पौडेल,राधा पौडेल लगायत चयन भएका छन् । समाजको साधारण सभाको उद्घाटन कार्यक्रममा १२ जना बृदा हरुलाई सम्मानित गरिएको थियो ।

    उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अथिति अर्घाखाँची रुपन्देही सम्पर्क समाजका अध्यक्ष हरी पौडेलले जन्म ठाउँ आफू जता भएपनि प्यारो हुने बताउनु भयो । सहरमा बसेर पैसा कमाएपछि आफ्नो गाउँमा पनि विकास गर्नुपर्ने सुनाउनु भयो । संस्थाका अध्यक्ष थानेश्वर पौडेलले धतीवाङ र रुपन्देहीमा बस्ने संस्थाका सदस्यले बुटवल मा आएर स्वस्थ र शिक्षा को क्षत्रमा कुनै समस्या मा विचिल्ली हुन नपर्ने बताउनु भयो । आफ्नै कार्यकालमा क्यानन विद्यालयमा छात्रवृति सञ्चालन गरिएको बताउनु भयो ।

    कार्यक्रममा अडगुरी समाज का निवर्तमान अध्यक्ष समाज लुक राज न्यौपाने , ढाड मैदान सम्पर्क समाजका अध्यक्ष कृष्ण बेल्बासे,वोमन केयर नेपाल रुपन्देहीका सदस्य मिन जिसि लगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम नमराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology