Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

ज्ञानीको सिपीभि र सिपीभिसी पाइप लन्च,कलाकार सुनिल थापाले गरे शुभारम्भ

ज्ञानीको सिपीभि र सिपीभिसी पाइप लन्च,कलाकार सुनिल थापाले गरे शुभारम्भ

  • 2.1K
    SHARES

  • ज्ञानीको सिपीभि र सिपीभिसी पाइप लन्च,कलाकार सुनिल थापाले गरे शुभारम्भ

    बुटवल,चैत १३ ।

    ज्ञानीको प्रतिष्ठान अन्तरगतको ज्ञानी पाईप ईन्डष्ट्रिजद्धारा उत्पादित पिभिसि र सिपिभिसि पाईप शनिबार लन्च गरिएको छ ।

    एक समारोहका बिच नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाले पिभिसि र सिपिभिसि पाईप अनावरण गरि लन्च गरे ।

    अन्तराष्ट्रिय जर्मन प्रविधिको काभ्रा एक्टुजन भित्राएर कोभिड संक्रमणका कारण २ वर्ष ढिला गरि लन्च गरिएको प्रतिष्ठानका रन्जन कसजुले बताए ।

    विश्व बजारमा ख्याती प्राप्त प्रविधिमार्फत गुणस्तरिय पाईप उत्पादन गरेको उनले दाबी गर्दै उपभोक्ताको मन जित्ने बताए । हामी बजारमा ज्ञानी निक्कै पुराना ब्राण्ड हौ । उनले भने । नेपाली बजारमा भएका २० भन्दा बढि पिभिसि र सिपिभिसि पाईप उत्पादन गर्ने उद्योगहरु रहेको उनले बताए ।

    यसको कच्चा पदार्थ कोरिया, जापान, थाईलैण्डबाट आउँछ । ज्ञानी उद्योगले प्रत्यक्ष र अप्रत्यक्ष ५० जना तथा प्रतिष्ठानमा रहेको अन्य उद्योगमा समेत गरि साढे ३ सय रोजगार दिएको छ ।

    कार्यक्रममा इन्डष्ट्रिजका डाईरेक्टरहरु उपेन्द्रमान श्रेष्ठ, सुजिन श्रेष्ठ, प्रतिक कसजु, निर्मित कसजु र डि आर बिल्डर्स एण्ड मेकिङ प्रा लिका संचालक डाक्टर राजन अमात्यले नेपालमा उद्योग स्थापना गर्दा हुने नितिगत जटिलता र यसका चुनौतिका बारेमा प्रकाश पारेका थिए ।

    कार्यक्रममा डि आर बिल्डर्स एण्ड मेकिङ प्रा लिका संचालक दिनेशमणी श्रेष्ठले नँया प्रविधिको ईपिसि क्रंक्रिट ब्लकको बारेमा जानकारी दिएका थिए ।

    मिस युनिर्भस २०१७ नग्मा श्रेष्ठको संचालनमा भएको कार्यक्रममा ज्ञानीको ब्राण्ड बजारमा बिक्रि वितरण गरि योगदान दिने विक्रेताहरुलाई सम्मान गरिएको थियो ।

    gyani poli tank  (2).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology