बुटवल,चैत्र १२ ।
तिलोत्तमा मिडिया क्लबको अध्यक्षमा बिपि गौतम चयन भएका छन् । क्लबको शनिबार तिलोत्तमामा सम्पन्न दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हाे ।
समितिको उपाध्यक्षमा टोपराज शर्मा, सचिवमा डीआर बन्जाडे, सहसचिवमा कल्पना तिवारी, कोषाध्यक्षमा बिन्दु भट्टराई चयन भए ।
अधिवेशन क्लबका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा अकोरावका पूर्वअध्यक्ष मोहन चापागाईं,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल,पुर्व अध्यक्ष शेरबहादुर केसी, क्लबका सल्लाहकार दिनेश पाण्डे, निर्वाचन मण्डल सदस्य घनश्याम गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए ।
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार घिमिरेलाई :

पत्रकार टिकाराम घिमिरे ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत तथा सम्मानित भएका छन् । तिलोत्तमा क्षेत्रलाई कर्मथलो बनाई लगनशील,कर्मठ र निष्ठवान भई पत्रकारिता गर्दै समाज रुपान्तरणमा विशिष्ट योग्दान पुर्याएको भन्दै उनलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो। पुरस्कार राशी रु २५ हजार रहेको छ ।
शनिबार तिलोत्तमा मिडिया क्लब तिलोत्तमाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनको अवसरमा उनी सम्मानित भएका हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)