बुटवल,चैत्र १२ ।
सिद्धबाबा मन्दिर क्षेत्रमा पहिराे खस्दा सडक अबरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्डको तिनाउ गांउपालिका-३ मा सडकमा ढुंगासहित पहिरो गएको हाे ।
तल्लो सिद्धबाबादेखि उत्तर विद्युत पावर हाउस नजिकै राति ९ बजेतिर पहिराे खसेको स्थानीय अगुवा बिष्णु पाण्डेले नागरिक अनलाइनलाई जानकारी दिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)