Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीमा सरकार फेर्न काँग्रेसको माग,आलोपालोको भद्र सहमति लागु गराइदिन देउवालाइ पत्र

लुम्बिनीमा सरकार फेर्न काँग्रेसको माग,आलोपालोको भद्र सहमति लागु गराइदिन देउवालाइ पत्र

  • 2.8K
    SHARES

  • लुम्बिनीमा सरकार फेर्न काँग्रेसको माग,आलोपालोको भद्र सहमति लागु गराइदिन देउवालाइ पत्र

    बुटवल,चैत १२ ।

    लुम्बिनी प्रदेशमा गठबन्धन दलहरुबीच आलोपालो सरकार चलाउने गरी भएको भद्र सहमति कार्यान्वयन गर्न नेपाली काँग्रेसले माग गरेको छ ।

    एमाले नेतृत्वको सरकार विस्थापित गर्दा गठबन्धन दलका नेताहरुबीच भएको भद्र सहमति पालन हुनुपर्ने भन्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलले सोही अनुसार सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको हो ।

    नेपाली काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच भएको भद्र सहमतिका आधारमा मुख्यमन्त्रीको आलोपालो विषयलाई लिएर नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलले प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पत्र पठाएको संसदीय दलको प्रमुख सचेतक फखरुद्दिन खानले बताए ।

    भद्र सहमति दुवै पक्षले इमानदारीका साथ पालना गर्न र गराउनका लागि संसदीय दलले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएको हो ।

    भद्र सहमति कार्यावन्यन भएमा लुम्बिनी प्रदेशमा माओवादीबाट मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले सरकारको नेतृत्व छाड्नुपर्ने छ । सो सहमति पालना भएमा अब नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology