Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

अपाङ्गतामैत्री निर्वाचन केन्द्र : ‘अपाङ्गताको सवाल वकालतमा साझा पहल आवश्यक’

अपाङ्गतामैत्री निर्वाचन केन्द्र : ‘अपाङ्गताको सवाल वकालतमा साझा पहल आवश्यक’

  • 2.9K
    SHARES

  • अपाङ्गतामैत्री निर्वाचन केन्द्र : ‘अपाङ्गताको सवाल वकालतमा साझा पहल आवश्यक’

    बुटवल,चैत ११ । 

    नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजनामा ‘अपाङ्गतामैत्री निर्वाचन प्रणाली र राजनीतिक सहभागीता सम्बन्धी प्रदेशस्तरिय अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ । 

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशकी श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेगामगरले सरकार मतदानलाइ अपाङ्गतामैत्री बनाउन सरकार सकारात्मक रहेको बताइन् ।

    राष्ट्रिय सभा सदस्य गोपाल प्रसाद भट्टराईले अपाङ्गताको सवालहरु उजागर गर्नको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राष्ट्रिय सभा सदस्य तथा एमालेका नेता भट्टराईले आफ्नो पार्टीले अपाङ्गता भएका व्याक्तिहरुले भने जस्तै गरी संवोधन गर्न नसकेको भएपनि भातृ संगठनको रुपमा राष्ट्रिय लोकतन्त्रीक अपाङ्ग संगठन गठन गरी उनीहरुको कुरा संवोधन गर्दै आएको बताए ।

    अपाङ्गता भएका व्याक्तिहरुको सवाल सबैको साझा सवाल भएको भन्दै उनले समाजको मुलधारमा ल्याउनको लागि आफुले निरन्तर पहल गर्ने बताए । सबैले आ आफ्नो क्षेत्रबाट अपाङ्गता मैत्री संरचना, अपाङ्गता भएका व्याक्तिहरुको हक, हित र उनीहरुको अधिकारको विषयमा पहल गर्नुपर्ने भन्दै उनले यसको लागि आफुले राष्ट्रिय सभाबाट निरन्तर पलह गर्ने बताए ।

    कार्यक्रममा प्रदेश सभा सदस्य पुष्पा थरुनीले बोल्दै अपाङ्गताको सवालमा  प्रदेश सभा मार्फत आफुले निरन्तर पहल कदम चाल्दै आएको बताईन ।

    अपाङ्गता भएका व्याक्तिहरुको समावेशी सहभागीताको लागि आफ्नो पार्टीले विधानतः व्यवस्था गरेको जानकारी दिदै उनले निर्वाचन प्रणालीमा समेत यसलाई लागू गर्नुपर्ने बताईन । कार्यक्रममा प्रदेश सभा संसादहरु तुलसी चौधरी, दिपा विश्वकर्मा, गीता थापा, लगायतले आ आफ्नो भनाई राखेका थिए ।

    कार्यक्रममा नेपाल नेत्रहिन युवा संघका केन्द्रीय कलाधर भण्डारीले अगामी निर्वाचन अपाङ्गमैत्री हुुनुपर्ने, पालिका चुनावमा अपाङ्गता भएका व्याक्तिहरुको सहभागीता लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा  नेपाल नेत्रहिन संघका केन्द्रीय सदस्य शिला घिमिरे, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका  प्रदेश सचिव हुमनाथ  अधिकारी, कानुन महिला वालवावालिका मन्त्रलायका सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याल, जिल्ल निर्वाचन कार्यालय रुपन्देहीका अधिकृत अयोध्या प्रसाद भण्डारी, नेत्रहिन संघ रुपन्देहीका अध्यक्ष कृष्ण बहादुर जिसी लगायतले बोलेका थिए ।

    कार्यक्रम नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलको अध्यक्षता  सचिव टिकाराम  घिमिरेको सञ्चालनमा भएको अस्मिता क्षेत्रीले बताइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology