Logo बिहिवार, आश्विन १ गते २०८३
images

जिल्ला अदालत तनहुँले दियो पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

जिल्ला अदालत तनहुँले दियो पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

  • 2.2K
    SHARES

  • जिल्ला अदालत तनहुँले दियो पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    बुटवल,चैत्र ११ । 

    जिल्ला अदालत तनहुँले नायक पल शाहले नाबालिकालाई जवरजस्ती करणी गरेको देखिन आएको ठहर गर्दै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । 

    ‘तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले वर्ष १५ की परिवर्तित नाम ०७८–७९ व्यास–१२ लाई ललाई फकाई विवाह गर्छ भनी प्रलोभन देखाई जवरजस्ती करणी गरेको देखिन आएकोले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हने गरी हाललाई निज प्रतिवादी पल शाह भन्ने पर्णविक्रमा शाहलाई मलकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को उपदफा १० को खण्ड ख बमोजिम थुनामा राखी पुर्पक्ष गर्ने गरी रीतपूर्वक थुनुवा पूर्जी दिई कारागार कार्यालय, दमौली, तनहुँमा पठाई दिनू ।’

    अदालतमा दुई दिन चलेको थुनछेक बहस पछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले सो आदेश दिएको छ । यस्तै अर्का प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीलाई १ लाख धरौटीमा अदालतले रिहा गर्न आदेश दिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology