Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

प्रगति सामुदायिक वनको अध्यक्षमा गठबन्धनका राना निर्वाचित,ल्याए २३६ मत

प्रगति सामुदायिक वनको अध्यक्षमा गठबन्धनका राना निर्वाचित,ल्याए २३६ मत

  • 2.0K
    SHARES

  • प्रगति सामुदायिक वनको अध्यक्षमा गठबन्धनका राना निर्वाचित,ल्याए २३६ मत

    बुटवल,चैत्र १० ।  

    प्रगती सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा दुर्गा बहादुर राना निर्वाचित भएका छन् । बिहिबार सम्पन्न निर्वाचनमा नेकपा एमाले तर्फका उम्मेदवार ईश्वरी घिमिरेलाई पराजित गर्दै गठबन्धनका तर्फका उम्मेदवार राना विजयी भएका हुन् ।

    खसेको कुल ४ सय ३९ मतमध्य संयुक्त गठबन्धनका रानाले २ सय ३६ मत पाएर बिजयी हुँदा अध्यक्षका अर्का उम्मेदवार घिमिरेले २ सय १ मत प्राप्त गरे ।

    त्यसैगरी वरिष्ठ उपाध्यक्षमा डोलराज न्यौपाने राजुु, उपाध्यक्षमा दिपक पाण्डे, सचिव, कोषाध्यक्ष र सह-सचिवमा क्रमश बर्षा तिवारी, ऋषिराम खनाल र मनोज थापा बिजयी भएको निर्वाचन समितिले जनाएको छ ।

    गत चैत्र १ गते भएको टोलगत निर्वचनबाट निर्वाचित सदस्यहरु मध्येबाट पदाधिकारी टुंगो लगाउने बिषयमा सहमति हुन नसक्दा नेतृत्व चयनका लागि निर्वाचन गरिएको हो ।

    निर्वाचनमा उपाध्यक्ष पदमा विजयी दिपक पाण्डे एक मात्र एमाले निकट उम्मेदवार हुन भने बाँकी सबै पदमा संयुक्त गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् । निर्वाचनमा जम्मा ५ मत बदर भएको निर्वाचन संयोजक चन्द्र बहादुर भाट बताएका छन् ।

    275908556_2156891147802560_7802924033168562723_n.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology