Logo बिहिवार, आश्विन १ गते २०८३
images

निर्वाचन समयमै हुन्छ,शंका नगराैँ : प्रधानमन्त्री शेरबहादुर देउवा

निर्वाचन समयमै हुन्छ,शंका नगराैँ : प्रधानमन्त्री शेरबहादुर देउवा

  • 2.1K
    SHARES

  • निर्वाचन समयमै हुन्छ,शंका नगराैँ : प्रधानमन्त्री शेरबहादुर देउवा

    स्याङ्जा,चैत्र १० ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समय सिमाभित्रै स्थानीयतह सहित सबै तहको निर्वाचन हुने बताएका छन् ।

    स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटार चापाकोटमा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले तोकिएकै समयमा निर्वाचन हुने कुरामा शंका नगर्न समेत सबैमा आग्रह गरे ।

    करिब दुई तिहाई जनमत नजिकको ओली सरकारले असंबैधानिक तबरबाट पटक–पटक प्रतिनिधिसभा भंग गरेपछि विशेष परिस्थितीमा यो सरकार बनेको हो प्रधानमन्त्री देउवाले भने,- ‘विशेष परिस्थितीमा बनेको सरकार आफ्नो दायित्व पुरा गर्छ, शंका गर्न आवश्यक छैन् समय सिमा भित्र निर्वाचन हुन्छ ।’

    स्थानीयतह निर्वाचनको मिति घोषणा भई सकेको छ, निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र बनाउनु हामी सबैको समान दायित्व भएको बताउँदै काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले सबैको सहयोग भएमा निर्वाचन समयमै सफलतापूर्वक सम्पन्न हुने बताए ।

    स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । स्थानीय सरकार जनता सँग प्रत्यक्ष जोडिने भएकाले यसका काम कारबाहीलाई पारदर्शी बनाइ जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्ने उनको भनाई थियो ।

    स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका काम कारबाही पारदर्शी र जनउत्तरदायी हुनुपर्छ प्रधानमन्त्री देउवाले भने, ‘स्थानीय सरकारले संघीयताको मर्म अनुसार जनताको मन जित्ने गरी काम गर्नु अहिलेको आवश्यकता पनि हो ।’

    चापाकोट पर्यटकीय तथा धार्मिक दृष्टिले महत्व बोकेको पवित्र कालीगण्डकी नदीको तटमा रहेकाले यहाँको विकास निर्माणका गतिविधिलाई अगाडि बढाउन सबैको सहयोग र सहकार्यबाट मात्रै सम्भव रहेको उनले बताए । उनले कृषिमा प्रचुर सम्भाबना भएको चापाकोट कृषि क्रान्ति आवश्यक रहेको बताए । 

    कार्यक्रममा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्याङ्जाको चापाकोट र पाल्पाको रामपुर नगरपालिकालाई समेटेर विकास निर्माण गर्न आवश्यक रहेको बताए ।उनले कालीगण्डकी नदीको दायाँबायाँ ठूलो शहर बस्न सक्ने भएकाले कालीगण्डकी नदीमाथी आँफू भौतिक तथा पूर्वाधार मन्त्री हुँदा पुलनिर्माण गरेको र अरु पुलहरु अहिले पनि निर्माणको क्रममा रहेको जिकिर गरे ।

    ढिलै भए पनि एमसिसी पास भएको छ,यसले नेपालमा समृद्धि ल्याउन र विकास निर्माणमा सहयोगी हुने विश्वास जनाए । स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन सम्म अहिले रहेको गठबन्धनलाई निरन्तरता दिनु आवश्यक रहेको श्रेष्ठको भनाई थियो ।

    श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आसन्न निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायम रहनु पर्नेमा जोड दिए । उनले देशलाई अधिनायकवादीहरु र प्रतिगमनकारीहरुबाट बचाउनका लागि पाँचदलीय गठबन्धन जरुरी रहेको बताए । कार्यक्रममा पुर्व मन्त्री मिनेन्द्र रिजाल, गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापा लगायतले स्याङ्जाको विकासमा नेपाल सरकार हातेमालो गरेर अगाडी बढ्ने बताएका थिए ।

    संघ प्रदेश र स्थानीय सरकारको संयुक्त साझेदारीमा ५ करोड ५० लाखमा भवन निर्माण सम्पन्न भएको हो । १६ रोपनी परिषरको झण्डै १ रोपनी जग्गामा निर्माण भएको ३ तले भवनमा ३८ कोठा सहितको सुविधा सम्पन्न भवन निर्माण भएको चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology