Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

मिस्टर एण्ड मिस नेपाल टिनको पाचौँ संस्करण :श्रृष्टी र मन्दिपले जिते उपाधि

मिस्टर एण्ड मिस नेपाल टिनको पाचौँ संस्करण :श्रृष्टी र मन्दिपले जिते उपाधि

  • 1.8K
    SHARES

  • मिस्टर एण्ड मिस नेपाल टिनको पाचौँ संस्करण :श्रृष्टी र  मन्दिपले जिते उपाधि

    बुटवल,चैत ९ ।

    मिस्टर एण्ड मिस नेपाल टिनको पाचौं संस्करण सम्पन्न भएको छ । अभ्यानी प्रोडक्सनको आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा किशोरीतर्फ श्रृष्टि महर्जनले मिस नेपाल टिन २०२२ को उपाधि हात पारिन् ।

    साथै, उनले अमेरिकाको मायामी स्टेटमा नाभेम्बरमा हुने मिस टिन युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्नेछिन् । त्यसैगरि श्रृष्टि भुषालले मिस नेपाल चिन चार्मको उपाधि जितिन् । उनले कोलम्बियामा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछिन् । यसैगरी सेकेन्ड रनर अप शिवानी कापरले मिस वल्र्ड हेरिटेजमा नेपाललाई प्रतिनिधित्व गर्नेछिन् ।

    किशोर तर्फको उपाघि अर्घाखाँचीका मन्दिप भुसालले चुम्दै गर्दा प्रयास ओझाले फस्ट रनर अप र निशान वाइवाले सेकेन्ड रनर अपको उपाधि जिते । अभ्यानी प्रोडक्सनका संस्थापक अध्यक्ष अभिविन्द खनियाको सभापतित्वमा आयोजित कार्यक्रममा काठमाडौका पुर्व मेयर राजाराम श्रेष्ठको प्रमुख आतिथ्यता तथा विद्वान् समाजसेवी तथा राजनीतिज्ञ डा. गोविन्दराज खनियाको विशेष आतिथ्यता रहेको थियो ।

    कार्यक्रमको निर्णायक मण्डलको भूमिकामा सिनियर डान्स कोरियोग्राफर, कलाकर्मी तथा कार्यक्रम आयोजक महेश केसी, मिस नेपाल युनिभर्ष २०१९ प्रदिप्ता अधिकारी, मोटिभेसनल स्पिकर तथा लिडरसिप ट्रेनर रोहित मल्ल, सिनेकर्मी तथा चर्चित मुभी प्रोड्युसर देवेन्द्र खड्का, महिला अधिकारकर्मी तथा ग्लायम वल्ड इन्टरटेनमेन्टको सिइओ प्रतिमा कार्की, वकिल तथा सुप्रिम कोर्टकि सेक्सन अफिसर संगिता नापित थिए ।

    उपाधीतर्फ तर्फ मिस ट्यालेन्ट श्रृष्टि महर्जन, मिस मल्टिमिडिया शिवानी कापर, पिपल्स च्वाइस श्रृष्टि भुसाल, मिस फोटोजेनिक सदिक्षा खनाल, मिस क्याटवाक संजना भण्डारी, मिस इन्टेलेकचुवल श्रृष्टि भुसाल, मिस कन्फिडेन्ट सन्जना भण्डारी र ब्युटि विथ पर्पसको अवार्ड याशिका सिंहले हात पारिन् । त्यसैगरी किशोरतर्फ मिस्टर ट्यालेन्ट निशान वाइवा, मिस्टर मल्टिमिडिया प्रयास ओझा, पिपल्स च्वाइस निशान वाइवा, मिस्टर फोटोजेनिक प्रकाश बोहोरा, मिस्टर मोडल रिशु शाह, बेस्ट वाक मन्दिप भुसाल र राम एक्वाल यादवल् हेन्डसम विथ परप्सको उपाधि हात पारे ।

    ३० दिनसम्म जारी तालिममा नेतृत्व विकास तथा जिवनकलासँग सम्बिन्धित विभिन्न पाटाहरुमा विभिन्न ट्रेनर्सबाट ट्रेनिंग दिइएको कार्यक्रमका कन्सेप्ट डिजाइनर तथा मुख्य कोरियोग्राफर पवन आचार्यले नागरिक अनलाइनलाई जानकारी दिए ।

    कार्यक्रमको सहयोगी हातको रुपमा एसपिएम क्रियसन, एआईटिम कलेज, थ्री एम, लिसरा रिसेप्सन, सिम्पान, काजी कोल्थिंग ब्राण्ड, आलिसान लाउन्ज, ग्लोबल अनलाइन पे, मेकअप पार्टनर, काष्ठमण्डप टिभी, ट्रेस एमोर क्रियसन, सुर्य फोटोग्राफी रहेका थिए । कार्यक्रमको राम्रो इन्टरटेनमेन्टले मिडिया म्यानेजमेन्टको जिम्मेबारी सम्हालेको छ ।

    कार्यक्रमलाई भव्यतापुर्वक सम्पन्न गर्न पवन आचार्य कोरियोग्राफर, सिमोन पण्डित ड्रेस डिजाइनर, अनिकेत अधिकारी प्रोजेक्ट डाइरेक्टर, सोनिया शाही एसिस्ट्यान्ट कोरियोग्राफर, सुजन श्रेष्ठ डान्स कोरियोग्राफर, फोटोग्राफी निर्देशक अशोक थापा, फोटोग्राफर सन्जित बगाले, कार्यक्रम संयोजक टिम गोकुल जोशी आदिको भूमिका रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology