Logo बिहिवार, आश्विन १ गते २०८३
images

अकोरावका पुर्व अध्यक्ष रुपन्देहीका चापागाईं सम्मानित

अकोरावका पुर्व अध्यक्ष रुपन्देहीका चापागाईं सम्मानित

  • 2.5K
    SHARES

  • अकोरावका पुर्व अध्यक्ष रुपन्देहीका चापागाईं सम्मानित

    बुटवल, चैत ९ ।

    सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) ले पूर्व अध्यक्ष मोहन चापागाईलाई सम्मान गरेको छ । सामुदायिक रेडियो प्रसारक संघको अभियानमा नेतृत्वदायी भूमिका खेलेको तथा सामुदायिक रेडियोहरुको हक, हित र अधिकार सुनिश्चित गर्दै नागरिकको सूचना पाउने अधिकार स्थापित गर्न सहज बनाउने गरी महत्वपूर्ण भूमिका खेलेको भन्दै पुर्व अध्यक्ष चापागाईंलाई अकोरावले सम्मान गरेको हो ।
    नेपालगन्जमा आयोजित अकोरावको राष्ट्रिय सम्मेलनमा कानुन, न्याय तथा संसदीय  मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले उनलाई सम्मान गरेका हुन् । सम्मानित भएपछि बोल्दै अकोरावका पुर्व अध्यक्ष चापागाईंले सामूदायिक रेडियोले अवसरबाट बञ्चित भएका वर्गका नागरिकहरूको समस्या उठान गर्दै आएको बताए ।

    अकोराबका अध्यक्ष अर्जुन गिरीले राज्यले नीतिगत व्यवस्था गरी सामुदायिक रेडियोको वृत्ति विकासमा सहयोग गर्नुपर्नेमा जोड दिए । विद्युत महसुलमा छुट दिएर थोरै भए पनि साुमदायिक रेडियोलाई सहयोग पुगेको र कोरोना महामारीको समयमा नविकरण शुल्कमा सहुलियत दिएर सरकारले सामुदायिक रेडियोलाई राहत दिएको बताए ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले रेडियो स्थापनापछि लोकतन्त्रको जग मजबुत बन्दै गएको र सामाजिक चेतनामा असाधारण परिवर्तन आएकोले रेडियोको योगदान महत्वपूणर् रहेको स्मरण गरे ।
    प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले रेडियो र छापा माध्यममा लोककल्याणकारी विज्ञापनमा रहेको विभेद अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराए । प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले प्रेस जगत स्वतन्त्र नहुँदासम्म मुलुकको समृद्धि परिकल्पना गर्न नसकिने दावी गरे ।
    कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सामुदायिक रेडियोको हकहितका लागि अवश्यक नीतिगत व्यवस्था लागु गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology