बुटवल,चैत ९ ।
मानव कल्याण मित्र मञ्च नेपाल तिलोत्तमा रूपन्देहीले स्थापना दिवस मनाएको छ ।
मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले समाज कल्याणले कल्याणकारी काम गरेकाले सहकार्यका लागि आफुहरू तयार रहेको बताए ।
सो अबसरमा संरक्षक पुरूषोतम भट्टराई ,राष्ट्रिय भुमि आयोग रूपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्री ,पुर्व जिसिअ टेकबहादुर थापा, रोटरी क्लवका लक्ष्मण ज्ञवाली ,संस्थाका सहकोषाध्यक्ष मन्जु भुसाल,शंकरनगर दर्गादत्त माबिका प्राचार्य चण्डी पाण्डे ,समाजसेवि कृष्णप्रसाद ज्ञवाली ,संस्थाका सचिव कविता पन्थी लगायतले बोलेका थिए ।
सो अवसरमा संरक्षक पुरूषोतम भट्टराई ,अध्यक्ष दुर्गा अर्याल र शालिकराम गौतमले संस्थालाई ५–५ पाँच लाख प्रदान गर्ने घोषणा समेत गरे । तीन जनाले दिने कूल १५ लाख रकम अक्षयकोषमा राखिने छ । स्थापना दिवसमा केक पनि काटिएको थियो ।
२०७५ साल चैत्र ९ गते स्थापित मत्र्चले ३ वर्षको अबधीमा २ हजार बालबालिकाको उद्धार गरेको र मानवीय सेवासंगै सामाजिक क्षेत्रमा क्रियाशील रहेको मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)