Logo बिहिवार, आश्विन १ गते २०८३
images

दाङ–सल्यान सडक अवरुद्ध,सुख्खा पहिरोले स्काभेटर नै पुर्यो !

दाङ–सल्यान सडक अवरुद्ध,सुख्खा पहिरोले स्काभेटर नै पुर्यो !

  • 1.5K
    SHARES

  • दाङ–सल्यान सडक अवरुद्ध,सुख्खा पहिरोले स्काभेटर नै पुर्यो !

    बुटवल,चैत ९ ।

    सडक निर्माणको क्रममा झरेको पहिरोले स्काभेटर पुरिँदा राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड अवरुद्ध भएको छ ।

    मंगलबार बेलुकी करिव साढे सात बजेतिर सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको थियो । अहिले उक्त सडक खण्ड पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाबाट स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् । पहिरो सँगै झरेको ठूला ठूला ढुंगाले स्काभेटरलाई च्यापेको छ । निकै जोखिमयुक्त स्थान भएकाले स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

    पहिरो झरेको स्थानमा अर्को एउटा स्काभेटर भए पनि त्यसबाट सडकको अवरोध हटाउन नसकिने भएकाले दाङ तर्फबाट अर्को स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको बताइएको छ ।

    आज दिउँसो सम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीको भनाई छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology