Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

इलाममा ४० बोरा छुर्पी बरामद

इलाममा ४० बोरा छुर्पी बरामद

  • 1.6K
    SHARES

  • इलाममा ४० बोरा छुर्पी  बरामद

    बुटवल,चैत्र ९।

    इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो ४० बोरा छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका-४ जोरकलसस्थित मेची राजमार्गबाट १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो ।

    प्रदेश १-०१-००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

    मङ्गलबार प्रहरी चौकी किटेनीको टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको उक्त जिपमा जाँच गर्ने क्रममा सो छुर्पी फेला परेको हो ।

     


    जिप चालक इलामको सूर्योदय नगरपालिका(२ का निमा तामाङलाई आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology