बुटवल,चैत ८।
नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिका वडा नं ९ मा उम्मेद्वार छनाेट गरेको छ । नेपाली काँग्रेसको मंगलबार बिहान भएको वडा भेलाले स्थानीय तहको निर्वाचनका लागि सर्वसम्मत रुपमा वडाको उम्मेदवार चयन गरिएको हो ।
भेलाले वडा सभापति प्रदिपकुमार श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै वडा सदस्यहरुमा खुल्लाबाट सुर्यबहादुर कार्की र विवस पुरी भरत तथा महिलाबाट ईन्दिरा ज्ञवाली र दलित महिलाबाट मायाँ परियारलाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय भएको मनकामना टोल समितिका सचिव नारायण खनालले नागरिक अनलाइनलाइ जानकारी दिए ।
काँग्रेस आपसमा नमिलेकै कारण अघिल्लो निर्वाचनमा पार्टीका उम्मेदवारले हार व्यहोर्नु परेको भन्दै अहिले जसरी पनि जीत हात पार्नेगरी काँग्रेस मिलेर अगाडि बढिएको उहाँको भनाई छ । भेलाले सर्वसम्मत नाम अगाडि सारेको र त्यसैगरी चुनावमा पनि एक भएर जाने काँग्रेसका वडा सचिव माेहन न्याैपानेले बताए ।
पार्टीका वडा सभापति प्रदिपकुमार श्रेष्ठले पनि पार्टीमा अहिले कुनै प्रकारको मनमुटाव नरहेको र सबैले एकमतका साथ सर्वसम्मत उम्मेदवार चयन भएकाले जीत निकाल्न सकिन्छ भन्ने विश्वास बढेको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)