बुटवल,चैत ७ ।
नेपाली कांग्रेसका पुर्व सभापति तथा पुर्व प्रधानमन्त्री स्व.गिरिजा प्रसाद कोईरालाको १२ औँ स्मृती दिवशमा दीप प्रज्वलन भएको छ।
नेपाल विद्यार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस ईकाई समितिले क्याम्पसमा दीप प्रज्वलन गरेको हाे । कार्यक्रममा बौल्दै प्रमुख अतिथी नेपाली कांग्रेसकी महासमिति सदस्य जमुना ढकालले स्व कोइरालाले नेपाली राजनीति र शान्ति प्रकृयालाई टुंगाेमा पुर्याएको बताइन् ।
कार्यक्रममा बोल्दै नेपाली विधार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पसका ईकाइ सभापती महेश शर्माले स्व कोईरालाले देखाएको बाटोमा आफुहरु हिडिरहेको र शान्ती प्रकृयाका नायक गिरिजाबाबुको ईतिहासको प्रशंसा गरेर नसकिने बताए । साथै आफुहरुले विगत १२ बर्ष देखि स्व कोईरालाको स्मृतीमा कार्यक्रम गर्दै आएको र यो निरन्तर गर्ने बताए ।
सभापति शर्माले क्याम्पसमा योगदान पुर्याउनुहुने पुर्व अध्यक्ष सुर्य प्रसाद प्रधानको नाममा रु दुई लाखको अक्षयकोष स्थापना गरि बार्षिक ४ जनालाई निशुल्क पढाउने समेत घोषणा गरे । साे अवसरमा बाेल्दै प्रजातन्त्रबादी प्रध्यापक संघका सभापती तथा पुर्व सहाएक क्याम्पस प्रमुख तारा ज्ञवालीले नेविसंघमा लोकप्रिय मानिने सभापती शर्मा पार्टी नेता माझ विश्वासिलो क्याम्पसमा लोकप्रिय कार्यक्रम गरिरहेको बताए ।
कार्यक्रममा नेविसंघका पुर्व केन्दिय सदस्य टंक पाण्डे ,राममणी बहुमुखि क्याम्पसका सभापती चिज्जीवी बस्याल, लुम्विनी बाणिज्य क्याम्पसका सभापती सुरज क्षेत्री, कार्यक्रम संयोजक हरि घिमिरे उपसभापती दिपक अर्याल, अर्जुन खत्री , सृजना गिरी , बिकाश टण्डन, योग श्रेष्ठ, लक्ष्मण पाण्डे, सरोज खनाल, नारायण पोख्रेल लगायतले बोलेका थिए । कार्यक्रम महेश शर्माको सभापतित्व र दिपक घिमिरेको सञ्चालनमा भएको थियो।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)