बुटवल,चैत्र ७ ।
रुपन्देहीमा क्रियाशिल नेवाः पत्रकारहरुको भेलाले नेवा पत्रकार फोरम गठन गरेको हो । भेलाले खबरकुराका प्रबन्ध सम्पादक शरण कर्माचार्यको संयोजकत्वमा फोरम गठन गरेको छ ।
फोरमको सदस्यहरुमा स्वस्तिक श्रेष्ठ, दिनेश कुमार श्रेष्ठ, सुमन श्रेष्ठ, सत्यनारायण मानन्धर, सुजिता श्रेष्ठ र सन्तकुमार श्रेष्ठ रहेका छन् । फोरमले हरेक महिना नेवाः भाषा, संस्कृति र सम्पदा तथा नेवाः समुदायको बाहुल्यता रहेको स्थानहरुको इतिहासका विषयमा अन्तरक्रिया गर्ने श्रेष्ठले जनाउनुभयो ।
नेवारी परम्परा अनुसार गुठी बिधिबाट सर्व सम्मत नेतृत्व चयन गर्ने बिधि अपनाउने र संस्थालाई गुठीकै बिधिबाट गैर नाफामुलक संस्था बनाउने गरि बिधि बनाइएको उहाले बताउनुभयो ।
फोरम गठनका लागि भेला भएका नेवाः पत्रकारहरुले रुपन्देहीमा रहेका नेवाः संघ संस्थाहरुलाई संगठित गर्ने, भाषा संस्कृतिको सम्बद्र्धन गर्ने तथा नेवाः सम्पदाको प्रचार प्रसार गर्ने उद्देश्य पुरा गर्न फोरम आवश्यक पर्ने ठहर गर्दै नेवाः पत्रकार समाज गठन गरेको भेलामा सहभागी पत्रकार स्वस्तिक श्रेष्ठले बताउनुभयो ।
उहाले रुपन्देहीमा दर्जन बढी नेवाः संम्बद्ध संघ संस्थाहरु रहेपनि संगठित आवाज उठ्न नसकेको अवस्थामा संस्थाहरुलाई एउटा सुत्रमा बाँध्ने फोरमको उद्देश्य रहेको बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)