Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

धातिबाङ्ग-रुपन्देही सम्पर्क समाजद्धारा रक्तदान,३० युनिट रगत संकलन

धातिबाङ्ग-रुपन्देही सम्पर्क समाजद्धारा रक्तदान,३० युनिट रगत संकलन

  • 1.5K
    SHARES

  • धातिबाङ्ग-रुपन्देही सम्पर्क समाजद्धारा रक्तदान,३० युनिट रगत संकलन

    माधव पाैडेल / बुटवल,चैत ६ ।

    धातिबाङ्ग रुपन्देही सम्पर्क समाज रुपन्देहीले छैटौ बार्षिकोत्सवको अबसरमा बुटबलमा रक्तदान सम्पन्न गरेको छ ।नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्रको परिसरमा शनिबार रक्तदान कार्यक्रम भएको हो ।

    कार्यक्रममा सम्पर्क समाजका अध्यक्ष थानेश्वर पौडेलले धातिबाङबाट विभिन्न सिलसिलामा रुपन्देही आएकाहरुलाई एकतावद्घ गराई संस्थागत सामाजिक कार्यमा बढेको बताए ।

    स्थापनाकालदेखि गरिब, दुखी, अनाथहरुलाई नियमित सहयोग गदै आएको उनले बताए । संस्थाको वार्षिक कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै आएको भन्दै रगत नपाएर कसैको ज्यान जान नपरोस भन्ने मुल उद्धेश्य रहेको बताए ।

    संस्थाका सचिब नवराज पौडेलले कोभिड संक्रमणको बेला धेरै कार्यहरु समेत गरेको बताए । कार्यक्रममा ३० युनिट रगत सङकलन भएको संय‍ोजक तुल्सीराम पौडेलले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology