Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

नेवा: दय दबू लुम्बिनीको अध्यक्षमा बिजुला जोशी

नेवा: दय दबू लुम्बिनीको अध्यक्षमा बिजुला जोशी

  • 4.6K
    SHARES

  • नेवा: दय दबू लुम्बिनीको अध्यक्षमा बिजुला जोशी

    बुटवल,चैत ६ ।

    नेवाः दय दबूको दोस्रो अधिवेशनले नवलपरासीकी बिजुला जोशीको नेतृत्वमा २९ सदस्सीय सर्वसम्मत प्रदेश समिति निर्वाचित गरेको छ ।

    प्रदेशको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा बाबुराम श्रेष्ठ (रुपन्देही), उपाध्यक्षमा टिका श्रेष्ठ (दाङ), उपाध्यक्षमा प्रेमलाल श्रेष्ठ (बाँके) लाई निर्वाचित गरेको छ ।त्यसैगरि महासचिवमा चिरन्जिवी श्रेष्ठ(रुपन्देही), सचिवद्वयमा रमेश श्रेष्ठ ( बर्दिया ) र सुशिला श्रेष्ठ (कपिलवस्तु) तथा कोषाध्यक्षमा साहना श्रेष्ठ(दाङ) निर्वाचित भएका छन् ।

    अधिवेशनले २ जना सदस्य पछि थप गर्ने गरि २१ जना सदस्यहरुको समेत सर्वसम्मत चयन गरेको छ ।अधिवेशनमा निर्वाचनका लागि गठित अध्यक्ष मण्डलले प्रस्ताव गरेको पदाधिकारी तथा सदस्इहरुको प्रस्तावलाई १२ जिल्लाबाट प्रतिनिधित्व गरेका प्रतिनिधिहरुले सर्वसम्मत अनुमोदन गरेको नव निर्वाचित महासचिव जिरन्जिवी श्रेष्ठले जानकारी दिए ।

    अधिवेशनको दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले उदघाटन गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology