Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता,एभरेष्ट प्रथम

बुटवलमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता,एभरेष्ट प्रथम

  • 2.0K
    SHARES

  • बुटवलमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता,एभरेष्ट  प्रथम

    बुटवल चैत ५ ।

    बुटवलमा नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता २०७८ को शुक्रवार समापन भएको छ । उक्त समापन समारोहमा मन्तव्य व्यक्त गर्दै बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बुटवलले खेल क्षेत्रको योजनाबद्ध विकास गर्न पहिलो पटक खेलकुद ऐन ल्याउनुका साथै योजनाबद्ध रुपमा खेल पूर्वाधारको विकास गरिएको बताउनुभयो ।

    उहाँले खेलकुदका पूर्वाधार विकास तथा खेलाडी पहिचान, प्रशिक्षण र अवसरका लागि समेत विशेष कार्यक्रम बनाइएको बताउनुभयो । राष्ट्रपति रनिङ्ग शिल्डमा प्रत्येक वर्ष सहभागीको संख्या बढेकोमा प्रमुख सुवेदीले खुशी व्यक्त गर्नुभयो । प्रतियोगिताको समापन समारोहमा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले राज्यका तीन वटा सरकारले सहकार्य गरेर अगाडि बढेमा मात्र खेलको विकास र विस्तार हुने धारणा व्यक्त गर्नु भयो ।

    बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दुबहादुर काउचाको अध्यक्षतामा भएको तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता २०७८ समापन समारोहमा सहभागीहरुले खेलकुदलाई प्राथमिकतामा राखेको भन्दै उपमहानगरको प्रशंसा गरेका थिए । समापन समारोहको सदस्य सचिव एवम् बुटवल नगर खेलकुद विकास समितिका सदस्य प्रेमबहादुर बस्नेतले सहजीकरण गर्नुभएको थियो ।

    समापन कार्यक्रममा होटल एसोसियसन नेपालका केन्द्रीय सदस्य एवम् युवा नेता गोपाल राना, नगर खेलकुद विकास समितिका सदस्य मणीरत्न भण्डारीलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद सवैका लागि खेलकुद भन्ने मूल नाराका साथ एन्फा टेन्किल सेन्टर देवीनगरमा चैत्र १ गतेबाट सञ्चालित खेलमा एभरेष्ट बोर्डिङ्ग स्कूलले १२ प्रथम, २ द्वितीय, ६ तृतीइ गरी जम्मा २० पदक सहित प्रथम भएको छ । कालिका मानवज्ञान मा.वि. बुटवलले ९ प्रथम, ९ द्वितीय र ६ तृतीय गरी कुल २४ पदक प्राप्त गरी द्वितीय भएको छ भने नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.ले ८ प्रथम, ९ द्वितीय र ७ तृतीय गरी कुल २४ पदक सहित तृतीय भएको छ ।

    त्यस्तै न्यू होराइजन ७ प्रथम, ५ द्वितीय र १३ तृतीय गरी कुल २५ पदक प्राप्त गरी चौथो भएको छ । बुटवल उप महानगरपालिका अन्तर्गत १८ वटा सामुदायिक २२ वटा संस्थागत विद्यालयहरु गरी ४० वटा विद्यालयको सहभागिता रहेकोमा १३ वटा सामुदायिक र १२ वटा संस्थागत विद्यालयहरु गरी २५ वटा विद्यालयहरुले विभिन्न पदक प्राप्त गरेका थिए । एथलेटिक्स फिल्ड १०, ट्रयाक १६ गरी २६ विधामा ३८ प्रथम, ३९ द्वितीय र ७६ तृतीय गरी जम्मा १५३ विद्यार्थीहरुहरुले पदक प्राप्त गरेका थिए । कबड्डी तर्फ छात्र छात्रा दुई विद्यामा १८ प्रथम, १८ द्वितीय र ३६ तृतीय गरी ७२ पदक प्राप्त गरेका छन् ।

    भलिवल छात्र छात्रा तर्फ दुई विधामा १८ प्रथम द्वितीय र ३६ तृतीय गरी कुल ७२ पदक कराते छात्र तर्फ ४२, ४७ र ५२ केजी र काटा, छात्रा तर्फ ४०, ४५ र ५० केजी र काता गरी ८ प्रथम, ८ द्वितीय र १६ तृतीय गरी कुल ३२ पदक र तेक्वाण्डो तर्फ छात्र ४५, ४८ र ५१ केजी छात्रा ४२, ४४ र ४६ गरी ६ प्रथम ६ द्वितीय १२ तृतीय गरी २४ पदक रहेका छन् । जसमा प्रथम ८८, द्वितीय ८९ र तृतीय १७६ गरी ३५३ वटा प्रमाण पत्र तथा पदक नगर प्रमुखले वितरण गर्नु भएको थियो ।

    मार्च पास तर्फ नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. प्रथम, मदरल्याण्ड बोर्डिङ्ग स्कूल द्वितीय, दीप बोर्डिङ्ग तृतीय र न्यू होराइजन सान्त्वना भएको छ । कालिका मानवज्ञान मा.वि.को बुटवलमा स्वागत र पिटी उत्कृष्ट रहेको थियो भने नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.को विविध बहु साँस्कृतिक कार्यक्रम उत्कृष्ट रहेको थियो ।

    final.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology