Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

मुर्तिकारहरुलाई आइकनोग्राफि अभिमुखिकरण

मुर्तिकारहरुलाई आइकनोग्राफि अभिमुखिकरण

  • 2.2K
    SHARES

  • मुर्तिकारहरुलाई आइकनोग्राफि अभिमुखिकरण

    देवदह, चैत्र ५ ।

    देवदहमा हुने दोश्रो राष्ट्रिय मुर्तिकला कार्यशाला २०७८ का बिषयमा मुर्तिकारहरुलाई भर्चुअल आइकनोग्राफि छलफल गरिको छ । 

    प्रतिमा शास्त्र र देवदह बिषयमा लुम्बिनी विकास कोषको समन्वयमा एक दिने भर्चुअल छलफल भएको हाे  । यही चैत्र ८ देखि २२ सम्म देवदहको स्मृती बन बाटिकामा सम्पन्न हुदैछ ।

    कार्यक्रममा लुम्बिनी बौद्ध बिश्वबिद्यालय रिसर्च विभागका प्रोफेसर डा गितु गिरी, प्रतिमाशास्त्रकी विज्ञ डा बिना पौडेल, प्राध्यापक सुमन्त न्यौपानेले अवधारणापत्र प्रस्तुत गर्नु भएको थियो भने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले कार्यक्रमको शुभकामना दिनु भएको थियो । उहाँले देवदहकी यसोधरा भगवान बुद्धकी धर्मपत्नी मात्र नभएर प्राचिन कवियत्री र एक प्राचिन महिला स्वास्थ्य स्वयंसेवी भएको पनि प्रसंग ल्याउनु भयो ।

    भिक्षु मैत्रेयले देवदह मातृशक्तिको अनुपम थलो भएको उल्लेख गर्दै देवदहको दहले सार्वजनिक जीवनमा रहने जनप्रतिनिधीले नुहाएर सार्वजनिक व्यक्तित्व भएको प्रमाण दिन्थ्यो भन्ने प्रसंग बताउनु भयो । देवदहको एतिहासिकता र दार्शनिक पक्ष झल्कने गरी देवदहहमा बन्ने प्रस्तर प्रतिमा रहने अपेक्षा गर्नु भयो ।

    यसैगरी डा गितु गिरीले मुर्तीकारहरुले देवदहका भवानीपुर, बैरिमाई र कन्यामाई मन्दिरमा रहेका प्राचिन मुर्तिहरुको पनि अवलोकन गर्नु पर्ने सुझाव दिनु भयो । यसैगरी डा बिना पौडेलले प्रतिमाशास्त्र र देवदहको नारी शक्तिको पहिचान हुनेगरी मुर्तिहरु बन्ने अपेक्षा गर्नु भयो ।

    प्राध्यापक सुमन्त शर्माले कार्यशालाबाट बन्ने मुर्तिहरुले प्रजापति गौतमीले भिक्षु संघमात्र रहने बौद्ध सम्प्रदायमा कसरी महिलाको हक अधिकारको रुपमा भिक्षुणी संघ बनाउन संघर्ष गरीन भन्ने बिम्ब झल्किनु पर्ने बताउनु भयो ।
    कार्यक्रमको सहजीकरण लुम्बिनी बिकास कोषका कोषाध्यक्ष तथा पार्कलाई थिम पार्क बनाउने अभियानका अभियन्ता ड्रिम देवदह युनीटी फर चेन्जका अध्यक्ष सिद्धिचरण भटराई गर्नु भएको थियो ।

    कार्यक्रममा डा सागर न्यौपाने, देवदहका पुर्व कार्यकारी प्रमुख गणेश घिमिरे, ललितकला प्रज्ञा प्रतिषठनका प्राज्ञ ओम शर्मा, यम थापा, राजु पिठाकोटी , लक्ष्मण भुजेल लगायतले अन्तरक्रियामा सहभागि हुनु भएको थियो । ड्रिम देवदहका अभियन्ताहरु टंक पोखरेल,लक्ष्मण न्यौपाने, दिपेश बश्याल लगायतको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology