Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप ५१ जनामा कोरोना संक्रमण,३९२ जना संक्रमणमुक्त

थप ५१ जनामा कोरोना संक्रमण,३९२ जना संक्रमणमुक्त

  • 1.2K
    SHARES

  • थप ५१ जनामा कोरोना संक्रमण,३९२ जना संक्रमणमुक्त

    बुटवल,चैत्र ४ ।

    पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ३ हजार ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । कसैको मृत्यु भएको छैन ।  हाल ३ हजार ९९६ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ३ हजार ९२७ जना होम आइसोलेसनमा रहेका छन् भने ६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये २७ जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology