Logo बिहिवार, आश्विन १ गते २०८३
images

सरकार र कांग्रेस गठबन्धनको भावना विपरित जान्न : गृहमन्त्री बालकृष्ण खाँण

सरकार र कांग्रेस गठबन्धनको भावना विपरित जान्न : गृहमन्त्री बालकृष्ण खाँण

  • 2.1K
    SHARES

  • सरकार र कांग्रेस गठबन्धनको भावना विपरित जान्न : गृहमन्त्री बालकृष्ण खाँण


    कपिलवस्तु,चैत्र ३ । 

    गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकार र पार्टी गठबन्धनको भावनाविपरित नजाने बताउनु भएको छ ।

    कपिलवस्तुउद्योग बाणिज्य संघको आयोजनामाविहिबारदेखि सुरु भएको १२ औँ कपिलवस्तु महोत्सवलाई सम्बोधनगर्दै उहाँले गठबन्धनबाट बनेको वर्तमान सरकारले जनताको कामगर्दैे गठबन्धनको भावना मर्न नदिने प्रष्ट्याउनु भयो । उहाँले भन्नुभयो ‘अहिले पार्टी र सरकारले जनताको काम पनि गर्नु परेको छ, गठबन्धनको भावना पनि बचाउनु परेको छ । राजनीतिमा कहिले एक्लै हिंड्नु पर्दछ कहिले मिलेर जानु पर्दछ ।

    काँग्रेसको काँधमाअहिले लिएर जानुपर्ने स्थिति रहेको छ । ब्यवहार र सिद्धान्त दुवैलाई मिलाएर लैजान सक्नु नै कुशल राजनैतिक नेतृत्व रहेको बताउँदै उहाँले वर्तमान सरकारकाप्रधानमन्त्री शेरबहादुर देउवाले सो भूमिकानिर्वाहा गरेको दावीगर्नुभयो ।

    शेर बहादुर बाहेकका नेतृत्वले ब्यवहार र सिद्धान्तलाई मिलाएर लैजानन सक्दा पार्टीमा समस्या सिर्जनाभएको उहाँको भनाई छ ।हाँले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने पनिबताउनु भयो । सरकार र मन्त्रीहरुको ब्यस्तताअहिले आगामी निर्वाचन गराउने बातावरण बनाउने र आवश्यक परे ऐन कानुनशंशोधनगर्ने लगायतको रहेको गृहमन्त्री खाँणले बताउनु भयो ।

    कपिलवस्तु आउन पाएकोमा खुसीब्यक्तगर्दै गृहमन्त्री खाँणले सबै मिलेर मुलुकको विकास गर्नु पर्ने बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology