Logo बिहिवार, आश्विन १ गते २०८३
images

पल शाह विरुद्ध नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता

पल शाह विरुद्ध नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता

  • 2.9K
    SHARES

  • पल शाह विरुद्ध नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता

    बुटवल,चैत्र ३ ।

    पल शाह विरुद्ध नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता भएको छ ।पूर्वी नवलपरासीको गैडाकोटको गैडाकोट रिसोर्टमा मादक पदार्थ सेवन गराई नाबालिका पटक पटक करणी गरेको आरोपमा पल शाह विरुद्ध नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता भएको स्रोतले जनाएको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरले पल शाह विरुद्ध अभियोग दर्ता गराएको हो ।पल शाह विरुद्ध नावालिकालाई करणी गरेको आरोपमा तनहु जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ ।

    विहीबार नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता भएको हो । अब पलले नवलपुर जिल्ला अदालतमा पनि वयान दिन आउनु पर्ने छ ।

    उनलाई यस अघि जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरी र सरकारी वकिलले वयान लिएको थियो । उनको अभियोग प्रमाणित भए नवलपुर जिल्ला अदालतले सजाय तोक्ने छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, चैत्र ३ २०७८०६:४४:४८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology