बुटवल,चैत्र ३ ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओबादी आफ्नै तागतमा चुनावमा जाने बताएका छन् । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशद्वारा बुटवलमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै प्रचण्डले चुनाव समयमै हुने र गठबन्धन कायम रहने बताए ।
अध्यक्ष प्रचण्डले गठबन्धन गरेर मात्र चुनाव जितौंला भन्ने नसोच्न नेताहरुलाई सचेत समेत गराए । तालमेल गर्ने विषयमा गठबन्धनको मुख्य नेतृत्वमा कुनै अलमल नदेखिएको उनको दाबी छ ।
उनले एमसीसीका कारण नयाँ गठबनधन बन्छ कि जस्तो देखिएपछि व्याख्यात्मक घोषणाबाट एमसीसी अनुमोदन गराएपछि हालका लागि गठबन्धन सुरक्षित रहेको बताए ।
देशमा अझैं पनि प्रतिगमनको खतरा रहेको प्रचण्डको भनाई छ । संसदलाई सफल हुन नदिनको लागि एमालेले बिनाकारण निरन्तर संसद अबरुद्ध गरेको बताए ।
‘शिक्षा, स्वास्थ्य रोजगारीका कार्यक्रमलाई जनमुखी बनाउने गरि आफ्नै तागतमा चुनावमा जाने गरि निर्वाचनमा होमिन तयारीमा छौं’ अध्यक्ष प्रचण्डले भने –‘त्यसपछि गठबन्धन गरेर चुनावमा जाने ।’
गठबन्धन गर्ने सवालमा प्रमुख नेतृत्व पंक्तीका विचमा विमती नरहेको उनले बताए । ‘प्रतिगनका विरुद्ध गठबन्धन बनेको हो, त्यो उदेश्य अहिले पनि पूूरा गर्न बाँकी नै छ, त्यसैले गठबन्धन टुटने देखिदैन’ उनले भने ।
निर्वाचन लक्षित प्रदेश स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नको लागि अध्यक्ष प्रचण्ड बुटवलमा आएका हुन् । केन्द्रीय कमिटीको बैठक लगत्तै माओवादी केन्द्र निर्वाचन अभियान सुरु गरेको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)