Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्छाैँ : मुख्यमन्त्री पोखरेल

कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्छाैँ : मुख्यमन्त्री पोखरेल

  • 3.4K
    SHARES

  • कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्छाैँ : मुख्यमन्त्री पोखरेल

    स्याङ्जा,चैत ३।

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालेको बताएका छन् ।

    स्याङ्जाको चापाकोट नगरपालिका–८ खोरियाघाटमा आयोजित एक कार्यक्रममा कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसँग समन्वय गरिएको जानकारी गराएका हुन् । उनले कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा सूचिकृत हुने विश्वास व्यक्त गरे ।

    रामदी नजिकै डाइभर्सन बनाएर कालीगण्डकीको पानी तिनाउमा मिसाउन संघ सरकारको आयोजना कुनै हालतमा हुन नदिने पनि उनले प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘कालीगण्डकी नदी अन्य नदीजस्तो होइन, यसको छुट्टै महत्व र विशेषता छ, कालीगण्डकी हाम्रो सभ्यता, आस्था, भावना र शालिग्रामसँग जोडिएको छ ।’

    विश्वको इतिहासको अध्ययन गरिरहेका पश्चिमाहरुले समेत अहिले शालिग्रामलाई आधार मानेर अनुसन्धान गरिहेको उनले सुनाए । गण्डकी प्रदेश सभामा यसअघि नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा पनि डाइभर्सनको विरोधमा आवाज उठाएको स्मरण गर्दै उनले अहिले सरकारमा रहँदा पनि उक्त योजनाको सशक्त विरोध गरिरहेको उनले बताए ।

    कालीगण्डकी डाइभर्सनका लागि बुटवलमा कार्यालय खोलेपछि गण्डकी प्रदेश सरकारले वृहत भेला डाकेर प्रदेशको साझा धारणा समेत गत असारमा सार्वजनिक गरिसकेको छ । त्यसलगत्तै सरकारले कालीगण्डकीको धार्मिक, सांस्कृतिक, सामाजिकका साथै आर्थिक महत्वका साथै सम्भाव्यताका बारेमा अध्ययन गर्न समिति पनि गठन गरेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology