Logo बुधवार, श्रावण १३ गते २०८३
images

लुम्बिनीका मुख्यमन्त्री केसीको आराेप :‘लोकतान्त्रिक संस्कार विर्सेर एमालेले देशलाइ नै बन्धक बनायो ’ LIVE

लुम्बिनीका मुख्यमन्त्री केसीको आराेप :‘लोकतान्त्रिक संस्कार विर्सेर एमालेले देशलाइ नै बन्धक बनायो ’ LIVE

  • 2.6K
    SHARES

  • लुम्बिनीका मुख्यमन्त्री केसीको आराेप :‘लोकतान्त्रिक संस्कार विर्सेर एमालेले देशलाइ नै बन्धक बनायो ’ LIVE

    बुटवल ,फागुन २९ ।

    लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले संसद अवरोध गरेर एमालेले अलोकतान्त्रिक काम गरेको टिप्पणी गरेका छन । संघीय संसदमा विपक्षी एमालेले लामो समयदेखि संसद अबरुद्ध गरेर जनताको सार्वभौम अधिकार कुण्ठित गरेको उनको भनाई छ ।

    हाट बजार व्यावसायी संघ रुपन्देहीको १६ औं साधारण सभा तथा ९ औं अधिवेशनलाई आईतबार बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री केसीले यस्तो कुरा बताएका हुन । उनले एमालेले आफू भए ठिक नभए बेठिक भन्दै संसद अबरुद्ध गरेर लोकतन्त्र र गणतन्त्रकै खिल्ली उडाएको बताए ।

    ‘एमालेले लोकतान्त्रीक संस्कार विर्सेर जनताको आवाज उठाउने ठाउँ बन्धक बनाएको छ, अनावश्यक मुद्धा र नारा बोकेर राजनीति गरेको हिसाव–किताव जनताले चुनावमा देखाईदिनेछन्’ मुख्यमन्त्री केसीले भने ।

    उनले संविधानले ५ वर्षसम्म संसद विघटन गर्ने अधिकार नदिएको उल्लेख गर्दै केपि ओलीले संसद विघटन गरेर संविधानलाई नै लत्याउने काम गरेको बताए ।

    ‘संविधानले पाँच बर्षसम्म कुनै पनि निकाय विघटन गर्ने अधिकार दिएको छैन, त्यसको दुरुपयोग ओलीले गसर्नभयो’ उनले भने –‘के त्यसो भए मैलै पनि प्रदेश विघटन गर्ने ?।’ उनले विपक्षी दलले देशलाई बन्धक बनाएको आरोप लगाए । लुम्बिनी प्रदेश सरकारले जनअपेक्षा अनुरुप काम गरेको उनले बताए ।

    हाटबजार व्यवस्थीत गर्न स्थानीयले सरकार चासाे दिएनन् :

    मुख्यमन्त्री केसीले हाटबजारमा समाजका सबै नागरिकको पहुँच हुने भएकाले यसलाई व्यवस्थीत रुपमा सञ्चालन गनुपर्ने बताए । 
    ‘हरेक क्षेत्रमा श्रम गर्ने श्रमिकले श्रमको उचित मुल्य पाउनुपर्छ ।’ उनले भने । हाटवजारमा सानो व्यवसाय गरि दैनिकी चलाइरहेका साना व्यवसायीहरुको हितको लागि प्रदेश सरकारले योजना बनाएर काम गरिरहेको उनले बताए । हाटबजारका व्यवसायीहरुले बुझाउने कर धेरै भएको भन्दै व्यवसायीहरुले गुनासो गरिरहेकाले यसलाई घटाउन स्थानिय सरकारसँग समन्वय गरि अघि बढ्ने बताए ।
    ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले नागरिकको अबस्थालाई हेरेर काम गर्नुपर्छ । बुटवललाई व्यापारीक तथा मेडिकल हब बनाउन प्रदेश सरकारले बिशेष योजना बनाएको छ ।’ उनले भने । प्रदेश सरकारले क्यान्सर, मृगौला र मुटुका बिरामीहरुलाई उपचारका लागि दुईलाख उपलब्ध गराउँदै आएको उनले बताए । 

    त्यस्तै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले जिल्लाका १६ वटै पालिकामा सञ्चालीत हाटवजारलाई व्यवस्थीत गर्ने काम भइरहेको बताए । सबै काम एकैपटक सम्पन्न गर्न सम्भव नहुने बताउँदै बजार क्षेत्रको आवश्यकताका आधारमा हाटबजारलाई व्यवस्थीत गर्ने काम भइरहेको बताए । व्यवसायीहरुले पनि हाटबजार क्षेत्रको सरसफाई र व्यवसायलाई व्यवस्थित बनाउनुपर्ने बताए । 

    कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य बाबुराम पन्थी, नेपाली कांग्रेस बुटवलका नगर सभापती खेलराज पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी, हाटबजार व्यवसायी संघका पुर्व अध्यक्ष खिमलाल ज्ञवाली, प्रकाश खनाल लगायतले बोलेका थिए ।

    कार्यक्रममा हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष टेक कहादुर केसीको अध्यक्षता, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माको बिशिष्ट आतिथ्यता, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी, लुम्बिनी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष बाबुराम भुसाल,होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष राम प्रसाद गौतम, नेकपा एमाले जिल्ला सचिवालय सदस्य बाबुराम पन्थी, नेपाली कांग्रेस बुटवलका नगरसभापती खेलराज पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।
    कार्यक्रममा हाटबजार व्यवसायी संघका अध्यक्ष जिसीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भने, सोही कार्यक्रममा बिभिन्न व्यक्तीहरुलाई सम्मान गरिएको थियो । संघका उपाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वागत र महासचिबको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology