Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

जितेश्वरी पाणिनि उद्यान जितगढीको अध्यक्षमा ऋषि आजाद

जितेश्वरी पाणिनि उद्यान जितगढीको अध्यक्षमा ऋषि आजाद

  • 2.0K
    SHARES

  • जितेश्वरी पाणिनि उद्यान जितगढीको अध्यक्षमा ऋषि आजाद

    बुटवल,फागुन २९ ।

    पाणिनि उद्यान जितगढीको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभा बुटवल १३ जितगढीमा सम्पन्न भएको छ । 

    कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं १३ का अध्यक्ष नारायणप्रसाद पुनले ऋषि आजादको सौजन्यमा निर्माण भएको पाणिनि उद्यान जितगढीको प्रवेशद्वार तथा अधिवेशन कार्यक्रम उद्घाटन गर्दै पाणिनि उद्यान जितगढीले छोटो समयमा गरेको प्रगति महत्वपूर्ण भएको बताउँदै कार्य समितिलाई धन्यवाद दिएका थिए ।

    अध्यक्ष ऋषि आजादले साधारण सभामा विधानका विभिन्न दफाहरुमा संशोधन प्रस्ताव गरेका थिए । संशोधन गरिएअनुसार अबका दिनहरुमा पाणिनि उद्यान जितगढीको नाम जितेश्वरी पाणिनि उद्यान जितगढी रहने भएको छ ।

    कार्यक्रममा पूर्व नगरप्रमुख पुनराम पोखरेलले उपस्थित साधारण सदस्य, संस्थापक सदस्य र आजीवन सदस्यलाई प्रमाण पत्र वितरण गर्दै पाणिनि मुनिको योगदानको विषयमा बताएका थिए ।

    कार्यक्रममा विभेद विरुद्धको अभियानमा ऋषि आजादले आफ्नो स्वर्गीय माता मनकला आचार्यको सम्झनामा सरस्वती परियार, अञ्जली गोतामे र कृष्ण रणपाललाई धार्मिक मान्यताका आधारमा छुवाछुत गरिने छैन भन्दै प्रायश्चित्त संकल्प गरेका थिए ।

    कार्यक्रममा सम्मानित सरस्वती परियार, अन्जली गोतामे पत्रकार कृष्ण रणपालले विचार राख्दै प्रायश्चित्त संकल्पले समाज रुपान्तरणमा ठोस योगदान दिनसक्ने लैजानु पर्ने भन्दै विभेद विरुद्धको अभियानमा प्रभावकारी भएको बताएका थिए ।

    जनप्रतिनिधि वेदप्रसाद गैरे, जितेश्वरी सामुदायिक वनका सचिव नेतन गुरुङ्ग, नेकपा एमाले बुटवल उपमहानगर कमिटीका उपाध्यक्ष शोभाखर पोखरेल, बुटवल उपमहानगर कमिटीका सदस्य दिपक पन्थी,नेकपा माओवादीका वडाध्यक्ष राजेन्द्र पाण्डे, जनमोर्चा नेपालका वडाध्यक्ष गोपाल बन्जाडे, वडा नम्बर १३ का सचिव जीवन भट्टराईले विचार राख्नु भएको थियो ।jeet gadi park.jpg

    कार्यक्रममा प्रगति प्रतिवेदन ऋषि आजाद र आर्थिक प्रतिवेदन कमला पाण्डेले प्रस्तुत गरेका थिए ।

    निर्वाचन आयोगले प्रजातान्त्रिक रुपमा गरेको निर्वाचनमा अध्यक्षमा ऋषि आजाद, उपाध्यक्षमा पिताम्बर भण्डारी र शान्ति श्रीस, सचिवमा यमप्रसाद गैरे, कोषाध्यक्षमा गिरिराज पौडेल, सहसचिवमा ताराप्रसाद पौडेल निर्वाचित हुनु भएको छ ।

    सदस्यहरुमा एकराज पाण्डे, हरिदेव थापा, विष्णुबहादुर केसी, केशव आचार्य, गोपालप्रसाद बन्जाडे, मोहनप्रसाद गौडेल मन्दिरा गौडेल चेतबहादुर राना, गीता बन्जाडे, शान्ता बन्जाडे, पुनराम घिमिरे, राधा मरासिनी, कृष्णप्रसाद रेग्मी, रुद्रप्रसाद आचार्य, माया ओली, मनकला न्यौपाने निर्वाचित हुनु भएको छ । त्यसरी नै लेखा आयोगको संयोजकमा रामनाथ गौतम, सदस्यहरुश्रमा श्रीधर पोखरेल र कमला पाण्डे रहनु भएको छ । निर्वाचन मण्डलको संयोजकमा राजन शर्मा, श्रीधर पोखरेल र वसन्ता गैरे रहनु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology