बुटवल,फागुन २८।
जनमत पार्टीका कार्यकर्ताहरुले रुपन्देहीमा गृहमन्त्री बालकृष्ण खाँणलाई कालो झण्डा देखाएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले रोहिणी गाउँपालिका-३ स्थित धकधईमा शनिबार आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा गृहमन्त्री खाँणलाई कालोझण्डा देखाएका हुन ।
पार्टीले उठाउँदै आएका किसानको माग सरकारले सम्बोधन नगरेकाले गृहमन्त्रीलाई धकधईमा कालोझण्डा देखाइएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए । जनमत पार्टी डा. सिके राउतले नेतृत्व गर्ने पार्टी हाे ।
तर कालोझण्डा देखाईए पनि खाँणले त्यसको सम्मान गरेको बताएका छन् । रुपन्देहीको धकधईमा आयोजित कार्यकर्ता भेला एवम पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न गएका उनले कार्यक्रमको सुरुमै सोही बिषयलाई सम्बोधन गर्दै उनले त्यो कालो झण्डा देखाउने अधिकार पनि नेपाली कांग्रेसले नै प्रदान गरेको उल्लेख गरे ।
“नेपाली कांग्रेसले बिरोध, असहमतिलाई सहजता पूर्वक लिन्छ, लोकतान्त्रिक शासन ब्यवस्थामा बिरोध गर्न पाईन्छ ।” खाँणले भने कार्य कार्यक्रममा बोल्दै उनले एमसीसी परियोजनाले राष्ट्रियता बलिया बनाउने बताए छन् । यसले नेपालको विकासमा ठूलो आधारशिला तयार गर्ने बताए ।
खाँणले अमेरिकी सहयोग परियोजना एमसीसी पास हुँदैमा नेपालमा विजुलीको तारबाट अमेरिकाको सेना र गोलाबारुद नआउने प्रष्ट्याए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)