Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

रुपन्देहीमा न्युरोसर्जन चिकित्सकको सिएमई सम्पन्न

रुपन्देहीमा न्युरोसर्जन चिकित्सकको सिएमई सम्पन्न

  • 3.8K
    SHARES

  • रुपन्देहीमा न्युरोसर्जन चिकित्सकको सिएमई सम्पन्न

    बुटवल,फागुन २८। 

    न्युरोसर्जन चिकित्सकहरुको कन्युमेनरी एजुकेशन (सिएमई) रुपन्देहीमा सम्पन्न भएको छ । सोसाईटी अफ न्युरोसर्जन्स अफ नेपाल अन्तरगतको मिड वेष्ट च्याप्टरका न्युरोसर्जनहरुको शुक्रबार सिएमई सम्पन्न भएको हो ।

    नेपालका वरिष्ठ न्युरोसर्जन डा वसन्त पन्तले कार्यक्रमको उद्घाटन गर्दै केन्द्रीकृत विशिष्टकृत सेवा देशका विभिन्न भागहरुमा उपलब्ध हुदा विरामीको जीवन बचाउन सफल भएको बताए । न्युरो साईन्समा न्युरोसर्जन, न्युरोसर्जरी र साईक्लोजिष्टहरु पर्ने भन्दै यो निरन्तर र छिटोभन्दा छिटो परिवर्तन हुने क्षेत्र भएको उनले बताए ।

    केन्द्रिकृत धेरै सेवाहरुको हब अब नयाँ ठाँउ बन्न सक्ने भन्दै प्रविधिको प्रयोगबाट हरेक क्षेत्रलाई सहजता ल्याएको उनको दाबी छ । मानिसको टाउको भागको शल्यक्रिया धेरै सूक्ष्म नशाहरु हुने हुदा पनि संवेदनशिल हुने भन्दै गिगाबाईटभन्दा पनि सूक्ष्म परिक्षण आधुनिक मेशिनहरुको प्रयोगले सफल बनाएको उनले बताए ।

    नेपालको युवाहरु समेत नया आविष्कारमा कम नभएको भन्दै उनले १२ कक्षामा पढ्ने दुई युवाहरुले विरामीहरुको अभिब्यक्तिलाई कम्युटरमा उतार्ने सफ्टवेयर तयार गरेको बताए ।संयोजक डा केआईसी केसीले आफनो क्षेत्रमा गरेका कामको विषयमा छलफल गर्ने र योजना पेश गर्ने दक्षता दर्शाउने कार्यक्रम भएको बताए ।

    न्युरोसर्जरीमा भएका काम र अब भागी कार्ययोजना पेश गर्दै उनले ७ वर्षको अवधिमा ट्रमाटिक ब्रेन ईन्जुरीका १ हजार ४ सय ४, हेमोरेगिक स्ट्रक २ सय ५९, स्पाईन सर्जरी ७९, क्रानियोप्लास्टी २ सय ४, सिएससडएच १ सय ८८, भिपि सन्ट ५१, ईन्ट्राक्रानियल ट्युमर ५७, एनिरिसियम ३८, एभिएम १ गरि २ हजार २ सय ८१ वटा जटिल शल्यक्रिया गरेको उनले बताए । बुटवलमा न्युरोसर्जरीको शुरुवातको अवस्था, अहिलेसम्म भएका यसको देखिएको चुनौतीको विषयमा डा.केसी, हेमोरोरी स्टोक (आईसिएच) को विषयमा डा राजकुमार केसी, न्युरोसर्जिकल म्यानेजमेन्ट अफ ईन्फ्रारेबल हेमोरेजको विषयमा डा सोमराज लामिछानेले कार्यपत्र पेश गर्दै न्युरोसर्जरीमा विरामीको आकस्मिक परिक्षण र सिटिका साथै आईसिपि म्यानेजमेन्टका विषयमा जानकारी दिए ।

    कार्यक्रममा वरिष्ठ न्युरोसर्जन चिकित्सक डा याम बहादुर रोक्काले निरन्तर अभ्यास र अनुसन्धानको पाटोमा लाग्दा सिकाई हुने बताए । न्युरोसर्जरी क्षेत्रमा भएका नया नया प्रविधि भित्राएर उपचारमा सफलता मिलेको उनले बताए । कार्यक्रममा डा सुधन ढकालले नियमित वार्षिक रुपमा आफ्नो पक्षबाट भएका कार्यक्रम गरिएको उनले बताए । नेपालका विभिन्न क्षेत्रहरु ईष्टर, वेष्ट र मिड वेष्ट च्याप्टर लगायतमा यस्ता कार्यक्रम गरिदै आएको छ । मिड बेष्ट च्याप्टरमा ७ जना चिकित्सकहरु कार्यरत छन । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology