बुटवल,फागुन २८।
सिद्धार्थ गाैतमबुद्ध क्याम्पस प्रजातन्त्रवादी प्राध्यापक संघको एकाइ अध्यक्षमा प्राध्यापक तारा ज्ञवाली चयन भएका छन् ।बुटवल हाटबजारमा रहेको क्याम्पसमा एकाइ ९ सदस्यीय एकाइ गठन भएको हाे । उपसभापतिमा बिजु पछाइ र सचिव सुमन घिमिरे लगायत चयन भएका छन् ।
सहसचिव शेषकान्त अर्याल, कोषाध्यक्षमा उषादेवी रेग्मी सदस्यहरुमा जेनित शर्मा, मनिराम पौडेल, पुष्पोतम ज्ञवाली, सुवास शर्मा निर्विरोध चयन भएका छन्।
लक्ष्मण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रजातन्त्रबादी प्रध्यापक संघका केन्द्रीय उपसभापति मदन कट्टेल,क्याम्पस प्रमुख विष्णु प्रसाद राना,पब्लिक क्याम्पस प्रध्यापक संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पसका सभापति गोपाल चापागाई लगायतले बोलेका थिए ।
प्रजातन्त्रवादी प्राध्यापक संघको चैत्र १२ र १३ गते काठमाडाैंमा केन्द्रिय अधिवेशन हुदैँछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)