बुटवल,फागुन २६।
बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष कुश्मा चन्द कांग्रेस प्रवेश गरेकी हुन्।
नेपाली कांग्रेस बैतडीले शिवनाथ गाउपालिका सुल्लेखानमा बिहीबार आयोजना गरेको सभामा चन्द कांग्रेस प्रवेश गरेकी हुन्। उनीसँगै एमालेका कार्यकर्तासमेत कांग्रेस प्रवेश गरेका छन्। चन्दलाई कांग्रेस सहमहामन्त्री बद्री पाण्डले पार्टीमा स्वागत गरेका छन्।
मंगलबार मात्रै सिन्धुपाल्चोकको बेलफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरेका थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)