बुटवल,फागुन २५ ।
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ । फागुन २९ गतेदेखि अभियान चलाइने छ । बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अभियानसहित कार्यक्रमको जानकारी दिइएको हो ।
अभियान फागुन २९ देखि चैत्र २९ सम्म १ महिना हुने र त्यसका आठ उद्देश्य रहेका काँग्रेसले जनाएको छ । महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेस जनतालाई आफ्नो कुरा सुनाउन मात्र नभएर जनताको कुरा सुन्न पनि घर–घरमा जाने बताए ।
उनले भने, ‘ काँग्रेस जनतासँग मत माग्न मात्र जाँदै छैन, निर्वाचनमा भाग लिन अभिप्रेरित गर्ने छ । काँग्रेससँग कसैले आत्तिनु पर्दैन । काँग्रेस मर्यादित रूपमा चुनावी अभियानमा जाँदै छ ।’
स्थानीय तह निर्वाचन बैसाख ३० गते ताेकिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)