Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

हलिं नेवाः गुथीको १३ औँ साधारण सभा बुटवलमा,८ सय जना सहभागी हुने

हलिं नेवाः गुथीको १३ औँ साधारण सभा बुटवलमा,८ सय जना सहभागी हुने

  • 3.5K
    SHARES

  • हलिं नेवाः गुथीको १३ औँ साधारण सभा बुटवलमा,८ सय जना सहभागी हुने

    बुटवल,फागुन २५ ।

    हलिं नेवाः गुथिको १३ औ साधारण सभाको तयारी पुरा भएको छ । तिलोत्तमा मैचु पुचको आतिथ्यतामा हुने कार्यक्रमको सबै तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन गरि आयोजक संस्था पुचका अध्यक्ष मिलन श्रेष्ठले बताईन् ।

    बुद्ध जन्मस्थल लुम्बिनी, सामरिक महत्वको जितगढी किल्लामा भ्रमण गराउने गरि साधारण सभा गराउन लागेको उनले बताईन् । एकातर्फ पर्यटन प्रर्वद्धन र अर्कोतर्फ संस्थाको वार्षिक योजना बनाउने एउटा महत्वपुर्ण अवसर बुटवलमा जुरेको उनले बताईन् । वर्षभरि गरिने कार्यक्रमको समेत घोषणा सभामार्फत गरिने उनले बताईन् ।

    फागुन २६ गते रुपन्देहीमा प्रभातफेरिबाट शुरु हुने कार्यक्रममा सरस्वती मन्दिर पुजा,दुर्गा मन्दिर लगायत र्याली हुने उनले बताईन् । देशभर १ सय १८ शाखाका ८ सय जना सहभागी हुने छन । तिलोत्तमा मैचु पुच ६६ शाखा हो । बुटवलमा ३ वटा शाखाहरु छन् । 

    हलि नेवा गुठी, बुटवल पुच अध्यक्ष राजु श्रेष्ठले भाषा, संस्कृति जोगाउने र जातिय सहयोगका रुपमा स्थापना भएको भन्दै पवित्र काममा आफूहरुले लागेको बताए ।

    साधारण सभामा विशेष नेवारी भोजको परिकार पनि खुवाउने उनले बताए । यसका लागि टिष्टुङ शाखाबाट ४५ जनाको टोलीले प्राविधिक सहयोग गर्ने छन। जसमा ८ आईटमको समयवजी र १७ वटा आईटम भएको भोज खुवाईने छ ।

    कार्यक्रमको बुटवल उपमहानगरपालिका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । संस्थाको अमेरिका र कोरियामा समेत शाखा रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology