बुटवल,फागुन २४ ।
रूसको आक्रमणबाट युक्रेनका महिला तथा वालबालिकामाथि भएको मानव अधिकार उल्लघनको विरोधमा मानव अधिकार तथा शान्ति समाजले बुटवलमा प्रर्दशन गरेको छ । समाजले ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर समाजले बुटवलमा प्रर्दशन गरेको हो ।
बुटवल राजमार्ग चौराहामा युक्रेनमाथि रूसले गरेको आक्रमणको विरोध तथा महिला र बालबालिकाको मानव अधिकार संरक्षणको माग सहित पलेकार्ड सहित प्रर्दशन गरिएको थियो ।
प्रर्दशनलाई सम्बोधन गर्दै समाजका सभापति गोविन्द खनाले रूसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै महिला र बालबालिकाको मानव अधिकार संरक्षण गर्न माग गरे ।
उनले शक्तिशालि राष्ट्रले कमजोर मुलुकमा बन्दुक र आणविक अस्त्र प्रहार गर्ने कुरा गलत भएको बताए । उनले रूस र युक्रेनलाई आफ्ना असहमति वार्ताबाट हल गर्न आग्रह गरे । प्रर्दशनमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव मिना ढकाल, केन्द्रीय सदस्य विष्णु भुसाल, जिल्ला सभापति डिपि खनाल, सचिव कपिल ज्ञवालीले युद्वले मानव हित नगर्ने भएकाले विश्वशान्तिको कामना गरेका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)