बुटवल,फागुन २४ ।
वुमन केयर नेपाल रुपन्देहीले ११२ औँ अन्तराष्टिय नारी दिवस अवसरमा बुटवलमा अन्तरक्रिया गरेको छ ।
सो अवसरमा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले राजनीतिमा महिलालाई प्रमुख कार्यकारी तहमा पुराउने दायित्व घर परिवार र समाजको भएको बताएका छन् ।
उनले अहिले पनि प्रमुख कार्यकारी पोष्टमा दावी गर्न नसक्नुमा समाज दोषी रहेको बताएका छन् ।
वुमन केयर नेपालकी अध्यक्ष रिता क्षेत्रीको अध्यक्षता भएको कार्यक्रममा नेपाल महिला संघ रूपन्देहीकी पुर्व सभापति गंगा शाहिले समान ज्यालाको नारा भए पनि महिलाको समान ज्याला पाउन नसकेको बताईन् ।
उनले महिलालाई समान ज्याला प्रदान गर्नको लागि स्थानीय तहले ध्यान दिनु पर्ने बताईन् । कार्यक्रमा महिला नेतृ रिता सेन ओली,पुरन रजाली, सविता भण्डारी,चिन्ता भण्डारी लगायतले बोलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)