Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

अनुदानको प्रभावकारीका लागि अनुगमनमा कडाई गर्ने कृषि मन्त्रालयको तयारी

अनुदानको प्रभावकारीका लागि अनुगमनमा कडाई गर्ने कृषि मन्त्रालयको तयारी

  • 2.7K
    SHARES

  • अनुदानको प्रभावकारीका लागि अनुगमनमा कडाई गर्ने कृषि मन्त्रालयको तयारी

    बुटवल,फागुन २३ ।

    लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयले प्रदेश मातहतबाट वितरण हुने अनुदानको थप प्रभावकारीका लागि अनुगमन कार्यक्रमलाई थप कडाईका साथ लागू गर्ने भएको छ ।

    मन्त्रालयद्धारा आयोजना गरिएको सञ्चारकर्मीहरु संगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव बैकुण्ठ अधिकारीले प्रदेशबाट नयाँ काम र नमुना कामको सुरुवात भएको जानकारी दिदै मातहतका कार्यालयहरुबाट वितरण हुने अनुदान थप प्रभावकारी बनाउने बताए ।

    मन्त्रालयले सुरुवात गरेका स्मार्ट कृषि गाँउ कार्यक्रम ,ब्याज अनुदान प्रदान गर्ने कार्यक्रम सहित प्रतिफलमा आधारित अनुदान कार्यक्रम नमुनाको रुपमा सफल रहेको भन्दै उहाँले यसको थप प्रभावकारी कार्यान्वयनको लागि प्रदेश सरकार तत्पर रहेको बताए  ।कार्यक्रममा मन्त्रालयको योजना तथा अनुगमन नीति तथा मापदण्ड महाशाखा बाली विकास अधिकृत प्रमुख शालिकराम गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा मन्त्रालयका प्रवक्ता तथा पशुपंक्षि विकास महाशाखा प्रमुख तुलसीराम भण्डारी, स्मार्ट कृषि गाउँ कार्यान्वयन ईकाई प्रमुख बरिष्ठ बाली संरक्षण अधिकृत घनश्याम चौधरी लगायतले बोलेका  थिए । कार्यक्रममा कृषि पत्रकार महासंघ लुम्बिनी प्रदेश संयोजक कृष्ण खनाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले बोलेका थिए ।

    krishi mantralaya.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology