Logo बिहिवार, आश्विन १ गते २०८३
images

आफैले पढाउने १५ बर्षिया छात्रालाई बलात्कारको आरोपमा मालारानीका शिक्षक पक्राउ

आफैले पढाउने १५ बर्षिया छात्रालाई बलात्कारको आरोपमा मालारानीका शिक्षक पक्राउ

  • 2.2K
    SHARES

  • आफैले पढाउने १५ बर्षिया छात्रालाई बलात्कारको आरोपमा मालारानीका शिक्षक पक्राउ


    अर्घाखाँची,फागुन २३ ।

    अर्घाखाँची मालारानीमा आफैले पढाउने छात्रालाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन।

    मालारानीमा गाउँपालिकामा रहेको एक माध्यमिक विद्यालयमा अध्यापन गराउने २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

    गत पुस १९ गते घर नजिकैको स्थानीय जंगलमा जबरजस्ती करणी गरेका ती शिक्षकले गर्भपतन समेत गराउन लगाएको किटानी जाहेरी परेपछि अनुसन्धानको लागि शिक्षकलाई पक्राउ गरि जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले नागरिक अनलाइनलाई बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology