Logo बिहिवार, आश्विन १ गते २०८३
images

सियारीमा नेत्रहिन युवा संघ रुपन्देहीद्वारा चेस खेलकुद तालिम संचालन

सियारीमा नेत्रहिन युवा संघ रुपन्देहीद्वारा चेस खेलकुद तालिम संचालन

  • 2.2K
    SHARES

  • सियारीमा नेत्रहिन युवा संघ रुपन्देहीद्वारा चेस खेलकुद तालिम संचालन

    बुटवल,फागुन २२ । 

    दृष्टिविहिनता भएका विद्यार्थीहरुको लागि ‘चेस खेल’ तालिम प्रदान गरिएको छ । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजना र सियारी गाउँपालिका ५ को सहयोगमा दुई दिन सम्म विरेन्द्र माविमा तालिम आयोजना गरिएको हो ।

    तालिमका एक कार्यक्रमका विच समापन गरिएको छ । विरेन्द्र मावि छपियाका प्रधानाध्यापक कृष्ण प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सियारी गाउँपालिका नगर कार्यपालिका सदस्य देवकी खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

    तालिम समापन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि खरेलले दृष्टिविहनता भएका विद्यार्थीहरुले पनि चेस खेलमा सहभागी भएको देख्न पाउँदा अत्यन्तै खुसी लागेको बताईन ।

    उनले गाउँपालिकाले आगामी दिनमा पनि अपाङ्गता भएका व्याक्तिहरुको हितको लागि जहिले पनि सहयोगगर्ने प्रतिवद्धता जनाईन ।

    blin.jpg

    कार्यक्रममा विद्यालय व्यवस्थाप समितिका सदस्य चन्द्रकान्त शर्मा, रुकमणी चौधरी विद्यालयका स्रोत शिक्षक लोकनाथ सापकोटा लगायतले आ आफ्नो भनाई राखेका थिए । नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकराम पौडेलको सञ्चालनमा भएको कार्यक्रममा परियोजना फिल्ड अफिसर अस्मीता क्षेत्रीले स्वागत मन्तव्य राखेकी थिईन ।

    दुई दिन सम्म चलेको तालिममा प्रशिक्षक जीवन पोख्रेलले सहजीकरण गरेको सियारी नेत्रहिन संघका अध्यक्ष माधव कण्डेलले जानकारी दिए । सोही कार्यक्रममा रुपन्देही नेत्रहिन युवा संघले विद्यालयमा अध्यायनरत दृष्टिविहिनता भएका विद्यार्थीहरुको लागि खेलकुद सामग्रीको रुपमा विशेष प्रकृतिको चेस बोर्ड तथा गोटीहरु तथा स्टालस समेत  प्रदान गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology