बुटवल,फागुन २२
गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।
शनिबार साँझ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै उनले विमानस्थल र विमानमा सुरक्षा निकायको व्यवस्थामा कमिहुन नदिने बताए ।
उनले मुलुकको समृद्धि र पर्यटन क्षेत्रको प्रबर्द्धनका लागि यसले ठूलो भूमिका खेल्ने बताए । विमानस्थलले लुम्बिनी प्रदेशका साथै मुलुककै विकासमा नयाँ उचाइ थपेको छ -उनले भने ।
तत्कालीन प्रधानमन्त्री स्व. सुशिल कोइरालाले शिलान्यास गरेका हुन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन ६ गतेदेखि सुरु गरिएको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सकिएको छ।
थाइल्याण्डबाट ल्याइएको एरो थाईको विशेष विमानबाट यान्त्रिक परीक्षण उडान गरिएको हो। त्यसक्रममा उडान भरेको विमानको दुरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङ लगायतका परीक्षणहरू गरिएको छ।
थाइल्याण्डको पाइलटसहितको प्राविधिक टोलीले नौ दिनसम्म यान्त्रिक उडान गरेर सञ्चारलगायत उपकरणहरूको जाँच गरेको र सबै उपकरण ठिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)