Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आन्दाेलनका क्रममा सरकारी स्कूटी जलाएकाे अभियाेगमा बुटवलबाट ४ जना युवा पक्राउ

आन्दाेलनका क्रममा सरकारी स्कूटी जलाएकाे अभियाेगमा बुटवलबाट ४ जना युवा पक्राउ

  • 4.3K
    SHARES

  • आन्दाेलनका क्रममा सरकारी स्कूटी जलाएकाे अभियाेगमा बुटवलबाट ४ जना युवा पक्राउ

    बुटवल,असोज २९ -

    बुटवलबाट प्रदेश राजधानी सार्न थालिएकाे भन्दै भएकाे सडक आन्दाेलनका क्रममा सरकारी स्कूटी जलाएकाे अभियाेगमा प्रहरीले ४ जना युवालाई पक्राउ गरेकाे छ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ ब २४७० नम्बरको स्कूटर जलाई आपराधिक उपद्रो गरेको अभियोगमा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

    निगरानीमा पर्नेहरुमा बुटवल-११ बुद्धनगरका भेषराज पोख्रेल, देविनगर बस्ने रोशन थापा, तिलोत्तमा नगरपालिका २ बस्ने सन्दिप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका–८ घर भई बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसका सुरज क्षेत्री रहेको बुटवल प्रहरीले जनाएको छ ।

    दुइजना नियन्त्रणमा छन् भने अरुलाइ बयान लिएर तारेखमा छाेडेकाे छ ।

    गत असोज १६ गते बुटवल–११ देविनगरको होराइजन चोकमा सरकारी स्कुटि जलाएकाे उनीहरुमाथि आराेप छ । चारैजनालाइ अपराधिक उपद्राेको मुद्दा दर्ता गरी कानूनी दायरामा ल्याई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    उता प्रहरीको स्कूटर रोक्ने  दुई जना युवालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । पक्राउ पर्नेहरुमा देवदह नगरपालिका-४ का वसन्त रेग्मी र सोही ठाउँका वसन्त खास रहेका छन् । उनीहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

    रुपन्देहीको देवदह-५, खैरेनी कचहरा पुल माथी बसन्त रेग्मी र भुवन खासुले डिउटीमा जाँदै गरेका प्रहरीको स्कूटर रोकी स्कूटी फुटाईदिउ भन्दै धाक धम्की समेत दिई जबरजस्ती लाईसेन्स बिलबुक माग्ने काम गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology