Logo बिहिवार, आश्विन १ गते २०८३
images

आजदेखि मतदाता नामावलीमा दाबीविरोध

आजदेखि मतदाता नामावलीमा दाबीविरोध

  • 2.1K
    SHARES

  • आजदेखि मतदाता नामावलीमा दाबीविरोध

    बुटवल,फागुन २० ।

    आगामी ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी–विरोध सुरु भएको छ। 

    मतदाता नामावलीको अन्तिम टुंगो लगाउनका लागि आयोगले समय उपलव्ध गराएको प्रमुख आयुक्त दिनेश थपलियाले बताए। 

    आजदेखि २६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइने उनले जानकारी दिए। 

    उनका अनुसार यो अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइनेछ। 

    दाबी–विरोधका लागि परेको निवेदनका आधारमा आयोगले छानबिन गरेर मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ।   

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology