बुटवल,फागुन १८ ।
हिसान रुपन्देहीले आयोजना गरेको बौद्धिक पलायनको समस्या र समाधान बिषयक जिल्लास्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
तिलोत्तमा ५ मणिग्राम रहेको न्यु इन्भाइरन्मन्ट ईङ्लिस सेकेन्डरी स्कुलमा भएको भएको प्रतियोगितामा रुपन्देहीका १६ विद्यालयका कक्षा ११ र १२ अध्ययरत विद्यार्थीहरुले भाग लिएका थिए ।
प्रतियोगितामा न्यु होराईन स्कुलकी गरिमा पोखरेलले प्रथम स्थान हासिल गरकी छन् ।प्रतियोगतामा देवदह पब्लिक ई बो स्कूलनिशा न्यौपानेले दास्रो स्थान हासिल गरेकी छन् । भने तेस्रो स्थान होइराजन जी वी एस मा वि ड्राइभरटोलका अमित गौैतमले हासिल गरेका छन् । यस्तै सगरमाथा मा वि देवदह सन्तोषी सापकोटाले सान्तना स्थान प्राप्त गर्न सफल भएकी छन् । प्रतियोगितमा डा विक्रमदेव नेपाल र गणेश डुम्रेले निर्णयको भुमिमा निर्वाह गरेका गरेका थिए ।
हिसान रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षता भएको कार्यक्रमा हिसानका उपाध्यक्ष मधु प्रकाश ज्ञवालीले प्रतियोगितको संयोजन गरेका थिए । कार्यक्रमा बोल्दै पुर्व अध्यक्ष तथा सल्लाकार दामोदर भुसालले नीजि क्षेत्रले शिक्षा क्षेत्रमा दिएको योगदानलाई राज्यले कदर नगरको गु्नासो गरे । हिसानका सचिव पुष्प घिमिरेले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन र व्यक्तित्व विकास गर्ने उदेश्यले हिसान यस्तो प्रतियोगिता राखेको बताए ।हिसानले अन्तर जिल्ला हाजिरी जवाफ प्रतियोगता र जिल्लास्तरीय अन्तर विद्यालय बुद्धिचाल प्रतियोगता संचालन गर्ने उनले बताए ।
हिसानले शुक्रबार जिल्लास्तरको चेस प्रतियोगता बुटवलको स्कलर्स होम माविमा गर्ने हिसान जिल्ला सदस्य तथा चेस प्रतियोगता संयोजक वावुराम बन्जाडेले जानकारी दिए । यस्तै शुक्रबार नै जिल्लातस्तरीय अन्तर विद्यालय हिसान हाजिरी जवाफ प्रतियोगिता ग्लोरियस कलेज कालिकानगरमा हुने छ ।
हिसान रुपन्देहीका कोषाध्यक्ष तुल्सी प्रसाद सापकोटाले हिसानले प्रत्येक बर्ष गर्ने अतिरिक्त कार्यक्रम यो बर्ष यस्ता कार्यक्रम गरेको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)