Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

निजामति कर्मचारी संगठन रुपन्देहीमा नयाँ नेतृत्व,अध्यक्षमा खनाल

निजामति कर्मचारी संगठन रुपन्देहीमा नयाँ नेतृत्व,अध्यक्षमा खनाल

  • 1.8K
    SHARES

  • निजामति कर्मचारी संगठन रुपन्देहीमा नयाँ नेतृत्व,अध्यक्षमा खनाल

    बुटवल,फागुन १८ ।

    नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीको ११ औं अधिवेशनले प्रेमप्रसाद खनालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

    समितिको खुला उपाध्यक्षमा थानेश्वर बस्याल र महिला उपाध्यक्षमा विष्णु खनाल पन्थी, सचिवमा जीवन पौडेल, सहसचिवमा प्रदीप गिरी, कोषाध्यक्षमा पदमबहादुर थापा निर्वाचित भएका छन् ।

    समितिको सदस्यहरुमा माधवप्रसाद बस्याल, भास्कर घिमिरे, योगराज पन्थी, गंगाप्रसाद पन्थी, राजकुमार मिश्र, गुणाखर पाण्डे, बुद्धिराम पराजुली, पार्वती पोखरेल, एलिना केसी, मालतीदेवी पौडेल, हर्कबहादुर बिक, राजेश यादव, कमल पन्थी रहेका छन् ।

    दुई जना महिला सदस्य पछि थप गरिने आधिकारिक ट्रेड युनियनका केन्दीय सदस्य मेघदेव पन्तले जानकारी दिए । अधिवेशनले १८ प्रदेश तथा १० केन्द्रीय प्रतिनिधि निर्वाचित गरेको छ । यो संगठनमा रुपन्देहीमा १३ सय कर्मचारी आवद्ध रहेका छन् । 
    मंगलबार भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले राष्ट्रिय सभा सचेतक खिमलाल भट्टराईले कर्मचारी संगठनले आफ्ना अधिकारसँगै नागरिकको जिम्मेवारी र दायित्वलाई आत्मसाथ गरेर अगाडि बढ्न आग्रह गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology