बुटवल,फागुन १७ ।
पाल्पा माथागढी रुपन्देही सम्पर्क समाजको चौथौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवशेन बुटवलमा सम्पन्न भएको छ । अधिवशेनबाट धुव्र प्रसाद कोईराला अध्यक्षमा निर्वाचित भएका छन् ।
उपाध्यक्षमा राजन नेपाल, सचिवमा डिएस भट्टराई , कोषाध्यक्ष हरि प्रसाद पोखरेल, सह सचिव चुरामणी सारु,सर्वसम्वत रुपमा चयन भएका छन् ।
यस्तै सदस्यहरुका दिन रेग्मी ,मधु लुईचा , छविलाल भुषाल, केशव ज्ञवाली,कान्ती डम्बरपाल, उदयराज भट्टराई , मनोज सर्मा ,देवेन्द्र राज भट्टराई रहेका निर्वाचन समितिले जनाएको छ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले विभिन्न कारणले गाउँबाट सहरमा बसाइँसराइ गरि आएकाहरुको आपसी एकता ,भातृत्व एवम् स्थानीय स्तरको विकासको लागि संस्था स्थापना गरिएको र संस्थाले धेरै महत्वपूर्ण काम गरिरहेको बताईन् ।
संस्थाले आपसी भातृत्व एवम् ग्रामीण र शहरी बसाई बिचको घनिष्टता बढाउँदै आएको दाबी समेत गरिन् ।
ईन्द्र प्रसाद भट्टराईको अध्यक्षता भएको कार्यक्रमा माथागढि गाउँपालिका अध्यक्ष सन्तोष थापामगर ,आजिबन सदस्य प्रा डा सुर्य बहादुर जिसि , बुटवल उपमहानगरपालिका वडा न ६ का वडा अध्यक्ष तथा आजीवन सदस्य जगदीशचन्द्र आर्चाय , राजेन्द्र बहादुर जि सी डि एस भट्टराई लगायत बोलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)